Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

पर्यटक लोभ्याउँदै छ अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले

Editorial Team by Editorial Team
December 3, 2025
in Nepal, News, Tourism
0
पर्यटक लोभ्याउँदै छ अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी- गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ। पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ।

विश्वमा हिमाल आरोहणको इतिहास रच्ने अन्नपूर्ण प्रथमदेखि गण्डकी प्रदेशका थुप्रै प्राकृतिक पर्यटकीय पूर्वाधारले स्वदेशी एवं विदेशी पर्यटकको मन लोभ्याएको छ। यस्तै प्राकृतिक पर्यटकीय पूर्वाधारमध्येको अन्नपूर्ण संरक्षण क्षेत्र यहाँको महत्त्वपूर्ण पर्यटकीय आकर्षक गन्तव्य हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत समेटिएको यस क्षेत्रको प्राकृतिक, संस्कृतिक सम्पदा र वातावरण जोगाउन, पर्यटकको सेवासुरक्षामा स्थानीय जनतासँग सहकार्य र समन्वय गर्दै एक्यापले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
एक्यापका प्रमुख रविन कडरियाका अनुसार यो संरक्षण क्षेत्र कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र स्वदेशी एवं विदेशी पर्यटकको लागि आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताको प्रमुख भूमिका रहेको उनको भनाइ छ। यी सबैको संगमका कारण अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने अन्नपूर्ण पदयात्रा मार्ग विश्वको दश उत्कृष्ट पदमार्गमा पर्न सफल भएको उनले उल्लेख गरे।
यस क्षेत्रमा पर्ने अग्ला र सुन्दर हिमाल, विशेषतः अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, चौथो, अन्नपूर्ण दक्षित, माछापुच्छ्रे हिमाल, लमजुङ हिमालका साथै अधिकांश झरना तथा छहरा, हिमनदीलगायत प्राकृतिक सम्पदाले विश्वको ध्यान खिचिरहेको छ।
एक्याप क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालीगुराँसको जंगल, माथिल्लो मुस्ताङका सीमावर्ती हिमालय क्षेत्रका साथै विचित्रको भूबनोटले यसको आकर्षण बढ्दै गएको एक्यापका प्रमुख कडरियाले बताए। उनका अनुसार पछिल्ला तीन वर्षको तथ्यांकले यहाँको पर्यटकीय आकर्षण झनझन बढ्दै गएको पुष्टि हुन्छ।
प्रमुख कडरियाका अनुसार सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ विदेशी पर्यटक आएका थिए। सन् २०२३ मा एक लाख ९१ हजार ६६६, सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना पर्यटक आएका उनले जानकारी दिए। उनका अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म दुई लाख ७३ हजार ६४६ जना पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरिसकेका छन्।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो। समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम आरोहणको सफलतापछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए।
अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रूपमा पदयात्राका लागि पनि आकर्षक गन्तव्य बन्दै गएको एक्यापका प्रमुख कडरियाले बताए। पछिल्ला समयमा अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रीको आगमन बढे पनि पदमार्ग क्षेत्रमा जथाभावी खनिएका बाटाका कारण पर्यटकको बसाइँ अवधि भने छोटिएको उनको बुझाइ छ।
अन्नपूर्ण पदयात्रा क्षेत्रमा राउन्ड अन्नपूर्ण पदयात्रा डुम्रे, बेँसीसहर, मनाङ, मुुक्तिनाथ, तातोपानी हुँदै पोखरासम्मका लागि २१ दिन लाग्ने पदयात्रा सडक विस्तार भएसँगै १२-१३ दिनमा छोटिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए।
“बाटो विस्तार भएसँगै २१ दिनको यात्रा १२-१३ दिनमा छोटिएको छ। ती जथाभावी खनिएका बाटोलाई व्यवस्थित गर्नु, पूर्वाधार विस्तार गर्नुपर्ने छ । यात्रा अवधि घटेसँगै पर्यटकलाई ‘हाइ अल्टिच्युड’को समस्या कम भएको छ। छोटो अवधिमा अन्नपूर्ण पदमार्गमा यात्रा गर्न पाउँदा समयको बचत पनि भएको छ”, उनले भने।
लामो पदयात्रा गर्न चाहने पदयात्रीको पदयात्रा अवधि लम्ब्याउने गरी शीघ्र अन्य वैकल्पिक मार्गको खोजी गर्नुपर्नेमा जोड दिँदै टानका अध्यक्ष आचार्यले सोको व्यवस्था नगरिएको अवस्थामा यहाँ आउने पर्यटक अन्यत्र मोडिन सक्ने सम्भावनालाई बेलैमा ख्याल राख्नु जरुरी रहेको बताए।
पछिल्लो तथ्यांकका आधारमा सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका जानकारी दिँदै उहाँले गत साउन १ गतेदेखि हालसम्म ४५ हजार ७३६ जना भारतीय पर्यटकले यस क्षेत्रको भ्रमण गरेका उल्लेख गरे। त्यसपछि बढी भ्रमण गर्ने विदेशीमा क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक रहेका उनले जानकारी दिए।
पछिल्लो समय यस संरक्षण क्षेत्रका लोमान्थाङ, विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायत पदयात्रा क्षेत्रमा बढी सङ्ख्यामा पर्यटक आउने गरेका छन्। अन्नपूर्णं संरक्षण क्षेत्रको पदयात्रा एवं भ्रमणका लागि भारतीय पर्यटकले रु एक हजार प्रवेश शुल्क बुझाउनुपर्छ भने अन्य विदेशी पर्यटकले रु तीन हजार शुल्क बुझाउनुपर्छ।
यस क्षेत्रमा पर्ने कास्कीको मादी गाउँपालिकास्थित नेपालकै कम उचाइमा रहेको कपुचे हिमताल पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बनेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजंग गुरुङले जानकारी दिए। उनका अनुसार पछिल्ला समयमा म्याग्दीतर्फको अन्नपूर्ण नर्थ बेसक्याम्प पनि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बनेको छ।

Advertisement Banner
Previous Post

Trump Administration Pauses Immigration and Citizenship Applications from 19 Non-European Countries

Next Post

राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतले बिदाइ भेट गरे

Editorial Team

Editorial Team

Next Post
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतले बिदाइ भेट गरे

राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूतले बिदाइ भेट गरे

Recommended

सलमानको स्टेजमा १७ नेपाली कलाकारको प्रस्तुति

सलमानको स्टेजमा १७ नेपाली कलाकारको प्रस्तुति

4 years ago
The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Cities that Plan for Age-Readiness can Reap Lasting Social and Economic Benefits: New World Bank Report

4 years ago

Don't Miss

Cooperation essential for national prosperity: Nepali Congress President Gagan Thapa

Put national interest above party lines, work together for people’s welfare: Nepali Congress President Gagan Thapa

April 15, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Govt budget deficit reaches Rs 152 billion in first 9 months of fiscal year

April 15, 2026
Nationwide Economic Census set to start today

Nationwide Economic Census set to start today

April 15, 2026
Nepal Cabinet meeting decides to implement inquiry commission’s report

PM Balen Shah to hold discussions with PR MPs today

April 15, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.