अनेरास्ववियूद्वारा विद्यार्थी नेता धामीको स्मृतिमा ५१ हजार राशिको पुरस्कार घोषणा

काठमाडौँ । अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवंम अनेरास्ववियू हिस्ट इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष डम्बर धामीको स्मृतिमा ५१ हजार राशिको पुरस्कार घोषणा गरिएको छ ।
अनेरास्ववियूले पूर्वाञ्चल विश्वविद्यालयबाट बीई सिभिलमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले धामीको १२ औँ पुण्यतिथिको अवसरमा पुरस्कारको घोषणा गरेका हुन् ।

मङ्सिर ४ गते डडेलधुरामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको उपचारको क्रममा १४ गते निधन भएको थियो । १२ औँ पुण्यतिथिको अवसरमा अनेरास्ववियूले बुधबार शंकरदेव क्याम्पसमा शोकसभाको आयोजना समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.