प्रज्ञा बालसाहित्य पुरस्कार स्थापनाको घोषणा

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले “प्रज्ञा बालसाहित्य पुरस्कार” स्थापना गरेको छ । प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा भैरहेको प्रथम बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी विद्यालयस्तरीय स्थलगत कथालेखन प्रतियोगिताको  भएको समापन समारोहमा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले सो जानकारी दिनुभएको हो । उक्त पुरस्कारअन्तर्गत रू. १ लाख राशि रहेको छ । प्रतिष्ठान र समाजबीच सहकार्य भै नियमित रूपमा विशिष्ट कार्यक्रमहरू भैरहेको अवस्थामा प्रज्ञा-प्रतिष्ठानले “प्रज्ञा बालसाहित्य पुरस्कार”को स्थापना गरेको घोषणा हुनु अत्यन्त सुखद र महत्त्वपूर्ण रहेको छ । बालसाहित्यकारलाई दिने भनी तोकिएको यो सरकारी स्तरबाट दिइने पहिलो पुरस्कार हो ।

Comments are closed.