काठमाडौं । मदन भण्डारी फाउण्डेशनले २०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कारका लागि सिफारिस गर्न सार्वजनिक आह्वान गरेको छ ।
फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मंगलबार प्रेस विज्ञप्तिमार्फत दुवै पुरस्कारका लागि आवेदन खुला गरिएको जनाए । पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्थाको छनोट मापदण्डका आधारमा आवेदन फाराम भरी व्यक्ति स्वयंले आगामी जेठ २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
Comments are closed.