एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं : चीनको हान्झोउमा हुने १९औं एशियाली खेलकुदका लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

१९औं एशियाली खेलकुदअन्तर्गतको क्रिकेट टि-२० शैलीमा हुनेछ। टोलीमा विनोद भण्डारी, अभिनाश बोहरा र विवेककुमार यादवले पुनरागमन गर्दा टोलीका नियमित सदस्य आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्की भने बाहिरिएका छन्।

विनोदले सन् २०२२ जुलाई तथा अभिनाशले २०२२ अप्रिलपछि नेपाली टोलीमा पुनरागमन गरेका हुन्। विवेकले गत वर्ष अगस्टमा केन्या भ्रमणमा अन्तिम पटक नेपाली टोलीबाट खेलेका थिए।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, विनोद भण्डारी (विकेटकिपर)‚ अभिनाश बोहरा, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, विवेककुमार यादव, प्रतिश जिसी, सोमपाल कामी र सन्दीप जोरा .

Comments are closed.