काठमाडौं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नु भएको ‘विनियोजन विधेयक २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
सरकारले गत जेठ १५ गते संघीय संसदबाट संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधिसभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरुले दिएपछि आज विधेयक पारित भएको हो ।
आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले आयकर ऐनको दफा ५७ मा हेरफेर गरिएकोमा गम्भीर ध्यानाकर्षण गराउँदै शेयर किनबेच गर्दा आयकर तथा पुँजीगत कर नलाग्ने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए । उनीहरुले लहडका भरमा विधेयक तयार गर्ने गरिएको उल्लेख गर्दै विधेयकमा आर्थिक स्थायित्वलाई खण्डित गर्ने काम भएको बताए ।
बैठकले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरुले राखेका खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । आजको बैठकमा ३१ सांसदहरुले खर्च कटौतीको प्रस्ताव राखेका थिए ।
Trending Now
- रामनवमीमा सरकारले सार्वजनिक बिदा दिने
- Israeli airstrikes kill 400 Palestinians
- A grand welcome for Sunita and Butch, who returned to Earth after 286 days in space
- परशु-कल्पना स्रष्टा सम्मानबाट रसिक र सापकोटा सम्मानित
- विश्व-ज्योति काव्यसम्मान र पाण्डुलिपि पुरस्कार घोषणा
- स्ववियु निर्वाचन : नेविसंघको हालसम्म ९९ कलेजमा जीत
- चितवनमा ६ देशका पाँच नाटक प्रस्तुत हुँदै
- The plane from China landed in Pokhara, returning today with 126 passengers
- Foreign Minister and Ukrainian Foreign Minister Meet in Delhi: Request to Release 7 Nepalis Captured by Ukrainian Army
- Bilateral talks between Foreign Minister Rana and Indian Foreign Minister in New Delhi
Comments are closed.