राष्ट्रपतिद्वारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ प्रमाणीकरण गर्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले संविधानको धारा १ सय १३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएकाे राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

साे विधेयक संघीय संसद्काे दुवै सदन प्रतिनि सभा र राष्ट्रिय सभा बैठकबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

Comments are closed.