बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्रउ

 काठमाडौं, ३१ असार

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ विशालनगर बस्ने ४० वर्षीय अमित शम्शेर जबरालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसूर मद्दामा १० दिन कैद र ६६ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं टुडालदेवीबाट पक्राउ गरेको हो । सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

 

Comments are closed.