विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

  काठमाडौं, २७ भदौ

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पर्वत घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ३५ वर्षीय ईन्द्र बहादुर कुवँरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७९ वैशाख २ गतेको फैसलाले बैंकिङ् कसूर मुद्दाका ३ थान मुद्दामा २५ दिन कैद र ६१ लाख ५४ हजार ८ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो । कुँवरले बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी एनआईसी वैंक लिमिटेड शाखा कार्यालय सोह्रखुट्टे काठमाडौंमा रहेको उनकै खाताबाट रकम भुक्तान हुने भनी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार काठमाडौंमा पठाइएको छ ।

बाँके, लागूऔषध मुद्दाका फरार प्रतिवादी डुडुवा गाउँपालिका-४ बस्ने ५० वर्षीय बखत यादव भन्ने भगेलु कलवारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाँकेको २०७८ फागुन २६ गतेको फैसलाले १५ वर्ष ९ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना ठहर बई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसाला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको छ ।

Comments are closed.