‘महिला पुस्तक प्रदर्शनी’: ५ सय महिला लेखकका पुस्तक एकसाथ प्रदर्शनीमा

वैशाख, काठमाडौं । पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सको आयोजनामा काठमाडौंको राष्ट्रिय सभा गृहमा ‘महिला पुस्तक प्रदर्शनी’ भइरहेको छ । ११ वैशाखदेखि सुरु भएको प्रदर्शनीमा ५ सयजना भन्दा बढी महिला लेखक तथा अनुवादकका किताब राखिएका छन् ।
प्रदर्शनीमा नेपाली, अंग्रेजी, हिन्दी, नेपाल भाषा, तामाङ, राई भाषाका पुस्तक छन् । यीमध्ये अंग्रेजी र हिन्दी भाषाका पुस्तकको खरिदमा १० प्रतिशत र नेपालीसहित भाषाभाषीका पुस्तकमा २० प्रतिशत छुट दिइएको छ ।

Comments are closed.