काठमाडौं, २९ भदौ
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टोखा नगरपालिका बानियाँटारबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
Comments are closed.