ठगी गरेको आरोपमा ग्यालेक्सी टिभीका सञ्चालक जीवी राई पक्राउ

सोमबार पक्राउ परेका राई अहिले उपत्यका अपराध अनुसन्धान महाशाखा, मिनभवनको हिरासतमा छन् । उनी विरुद्ध आइतबार मात्रै पक्राउ पुर्जी जारी भएको थियो ।

राई समूहको सहकारी विरुद्ध ९ सय ७१ बचतकर्ताहरूले आफ्नो १ अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ डुबेको भन्दै उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले भदौ २२ गते जिल्ला अदालत, कास्कीमा मुद्दा दर्ता गरेका थिए ।

Comments are closed.