Trending Now

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा केजरीवाललाई भारतीय प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको हो ।मदिरा घोटाला प्रकरणमा करिब दुई घण्टाको सोधपुछपछि ईडीले केजरीवाललाई पक्राउ गरेको हो ।
केजरीवाल पक्राउविरुद्ध उनको आमआदमी पार्टी सर्वोच्च अदालत पुगेको छ । लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ । केजरीवाललाई पक्राउ गरेपछि उनको निवासबाहिर नेता-कार्यकर्ताको भिड लागेको छ ।भारतमा यसै वर्ष बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गरिएको यो दोस्रोपटक हो । यसअघि झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरिएको थियो ।मदिरा घोटाला प्रकरणमा करिब १०० करोड भारतीय रुपैयाँबराबरको भ्रष्टाचार भएको आरोप लगाइएको छ ।

Comments are closed.