काठमाडौं, २७ असार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कास्की पोखरा महानगरपालिका-४ स्थायी
ठेगाना भई पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई
शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दामा साबिक पुनरावेदन अदालत पाटन हाल उच्च अदालत पाटनबाट
१० वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट
खटिएको प्रहरीले पोखरा महानगरपालिका-३० पावरहाउसबाट पक्राउ गरेको हो ।
कृष्ण मिजार समेतका व्यक्तिहरूले २०६४ कात्तिक १९ बेलुकी रबिन्द्र कुमार मल्ललाई
काठमाडौं महानगरपालिका-२९ गोंगवु मित्रनगरस्थित सडकमा कुटपिट गरी मरनासन्न
अवस्थामा पुर्याएकोमा उनको उपचारको क्रममा मृत्यु भएपछि अदालतले उनीउपर उक्त
फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।
Trending Now
- दक्षिण सुडानका नागरिकलाई जारी गरिएका सबै अमेरिकी भिसा तत्काल रद्द गरिने : मार्को रुबियो
- रहनु भएन पत्रकार भैरव रिसाल
- चलचित्र ‘कर्मा’को ट्रेलर सार्वजनिक
- पाणीनि तपोभूमि सम्मेलन चैत २७ र २८ गते हुने
- रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै
- Musk’s Starlink allowed in Bangladesh
- ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ लक्ष्मी तिवारीलाई
- मौसम पूर्वानुमान महाशाखाको अनुमान वायु प्रदूषण बढ्दै जाने सम्भावना कायमै छ
- एनसेलले ल्यायो आकर्षक एनएसएल अफरहरु
- पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन माओवादी उपाध्यक्ष
Comments are closed.