ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

झापा । लागुऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।सशस्त्र प्रहरीका अनुसार भारत विहार किसनगञ्ज जिल्ला सिंहिमारी ग्राम पञ्चायत-८ निवासी ५५ वर्षीय अजुमुदिन आलम र सोही जिल्ला कदुभिट्टा ग्राम पञ्चायत २ निवासी २६ वर्षीय मस्ताहक आलम पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट टाघनडुब्बाको टोलीले बुधवार दिउँसो १ः५० बजेको समयमा झापा गाउँपालिका १ सितुमारी कार्की चौकबाट भारतबाट नेपालतर्फ पैदल हिँडेर आइरहेका उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूले सशस्त्रलाई देखेपछि बाटो नजिकै घाँसकारीमा लुकाउँदै गरेको अवस्थामा एक सय ग्राम ब्राउन सुगर फेला पारेको थियो ।ब्राउन सुगरसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइसकेको जनाइएको छ ।

Comments are closed.