महोत्तरीमा भीषण आगलागी  सयौं घर खरानी

महोत्तरी । महोत्तरीको मटिहानीस्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।गाउँको करिब १ सय घरमा आगो सल्किएको हो । करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन् ।आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ ।

Comments are closed.