अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २२  मंसिर

सर्लाही, रामनगर गाउँपालिका-१ जिलेविया चोकबाट अवैध लागूऔषध गाँजा करिब २ केजी सहित सोही ठाउँ बस्ने ३२ वर्षीय राकेश सहनीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बहुअर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त  लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदी किनारबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १४ मिलिग्राम सहित सोही नगरपालिका-३ तिलकपुर बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको   छ । ईलाका प्रहरी कार्यालय गड्डाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।                        यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.