प्रेरणाद्वारा लिखित सुश्री पारिजात’ लोकार्पण

काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। प्राध्यापक भुवन ढुंगाना, लेखक एवम् सम्पादक श्रीओम श्रेष्ठ रोदन र लेखक प्रेरणालेद्वारा पुस्तक सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रम वक्ता श्रीओम श्रेष्ठ रोदनले पारिजातको व्यक्तित्व र उनको साहित्यिक यात्रा एवम् जीवन जगतबारे साथै  प्रेरणासँगका आफ्ना अन्तरंग सम्बन्धहरुबारे पनि कार्यक्रममा प्रस्ट्याए। पारिजातका विषयमा यति खोजमूलक पुस्तक ल्याउनु आफैमा चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । श्रेष्ठले पारिजात इतिहासकै महान व्यक्तित्व भएको “पारिजातको विषयमा यस अघि पनि कृति लेखिएका छन्, पछाडि पनि लेखिएलान्त तर पारिजातको विषयमा अध्ययन र अनुसन्धान गरेर लेखिएको यो पुस्तक अरु भन्दा फरक छ।” उनले भने, “यो पुस्तक लेख्न प्रेरणाले २ दशक लगाउनु भएको छ भने यसमा पक्कै केही विशेष छ।”

अर्का वक्ता प्राध्यापक भुवन ढुंगानाले पारिजातका विषयमा यति सूक्ष्म किसिमले अध्ययन गरी लेखिएको पुस्तक सायदै अर्को रहेको बताइन्। साथै उनले पारिजातसँगका आफ्ना सम्बन्ध एवम् भेटबारे पनि उल्लेख गरिन्। उनले पारिजातको व्यक्तित्वको विषयमा चर्चा गर्दै पारिजातको बाबासँगको सम्बन्धको बारेमा पनि कुराकानी गरिन्। उनले समग्रमा यो पुस्तक पारिजातलाई बुझ्नका लागि मात्र हैन उनका कृतिहरुको बारेमा जान्नको लागि पनि उपयोगी रहेको बताइन्।

कार्यक्रममा लेखक प्रेरणाले ‘सुश्री पारिजात’ पुस्तक लेख्न आफूलाई वर्षौँ लागेको र यसका सामग्री खोजबिनमा लामो समय खर्चिएको बताए। उनले यो पुस्तक २ दशकको समय लगाएर लेखेको बताएका छन्। यस्तै जीवनी लेख्न शुरु गर्दा प्रेरणाले आफूसँग भएका थुप्रै नाममध्ये पारिजात नै छानेको पनि उल्लेख गरे। पारिजातलाई प्रत्यक्ष रुपमा भेटेर गरेका संवाद अनि उनका विविध अन्तरंग सम्बन्धहरुका विषयमा पनि उनले उल्लेख गरे।

Comments are closed.