अछाम: छाउगोठ बसेकी किशोरी बलात्कृत,एक जना पक्राउ

अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी १६ वर्षीया एक किशोरी बलात्कृत भएकी हुन् ।मामाघरमा बसेर पढिरहेकी किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

Comments are closed.