Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Education

आर्ट काउन्सिलमा सामूहिक कला प्रदशर्नी सुरु

himalaya Diary News Service by himalaya Diary News Service
April 26, 2022
in Education, Entertainment, Nepal
0
आर्ट काउन्सिलमा सामूहिक कला प्रदशर्नी सुरु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ—कलामा नयाँ पुस्ता जन्माउने उद्देश्यले सुरु गरिएको ‘द प्रिसियस आर्टस् समूह’ को सामूहिक कला प्रदर्शनी सुरु भएको छ । प्रिसियसको नवौं वर्ष प्रवेशको अवसरमा बबरमलस्थित नेपाल आर्ट काउन्सिलमा बिहीबार प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, चित्रकार एरिना ताम्राकार, समूहको संस्थापक एवं कला प्रशिक्षक सचिनराज बज्राचार्यलगायतको सहभागितामा ‘आकृति’ शीर्षकमा कला प्रदर्शनी सुरु गरिएको हो ।

प्रदर्शनीमा प्रिसियसमै चित्रकला प्रशिक्षण लिएका ९ प्रशिक्षार्थीहरूको कलाकृति प्रदर्शनमा छन् । तीन दर्शनभन्दा बढी चित्रमा प्रशिक्षार्थीले विविध माध्यममार्फत प्रकृति, धर्म, संस्कृति, समाज, विज्ञान, प्रविधि र मानवीय सौन्दर्यका पक्षहरू उठान गरेका छन् । प्रदर्शनरत कलाकृतिहरूमा अहिले दौडधुप, व्यस्त समय, आधुनिक जीवनशैली र आयामले युवापुस्तामा पारेको प्रभावको छनक देखिन्छ । महामारीबाट गुज्रेका युवापुस्ता र उनीहरूले यस समयलाई गरेको अनुभवसमेत चित्रमा इंगित भएको देखिन्छ ।

शान्ति थापाले जीवित देवी ‘कुमारी’ लाई महामारीसँग तुलना गरेर चित्रमा उतारेकी छन् । उनको चित्रमा कुमारीको मुखमा फूलले ढाकेकी छन् । उनका अनुसार कोरोना महामारीले अनिवार्य बनाएको मास्कको प्रयोगलाई फूलको बिम्ब बनाउँदै देखाइएको हो । भगवान्लाई मास्कको सट्टा फूलले ढाकेर उनले यो समयलाई सकारात्मक रूपमा लिएकी छन् । ‘आर्टले गर्दा कोरोनाकालमा समय बिताउन धेरै सजिलो भयो,’ उनले भनिन्, ‘सबैले मास्क प्रयोग गरेको देखेर कुमारीलाई मास्कका रूपमा फूल लगाइदिएँ । यसले दिमागमा पोजिटिभ कुरा ल्याइदिएको थियो ।’ सुरबी थापाले भने आफ्नो भावना र कल्पनाहरूलाई सुन्दर चित्रमा प्रस्तुत गरेकी छन् । कला सिर्जना सुरु गर्दा उनले महसुस गर्ने स्वतन्त्रता र नियालेको संसारलाई उनले प्वाँख फिजाउँदै गरेको मयूरको जोडामा चित्रण गरेकी छन् ।

सौम्या तिमल्सिना, संप्रेशना शाही, सरोज खत्री, सञ्जना महर्जनलगायतका कलाकृतिहरूले धर्म, सम्पदासँगै अहिलेको प्रविधि, समय र युवापुस्ताका भावहरू समेट्ने जमर्को गरेको पाइन्छ । उनीहरूले चारकोल, मिस्क मिडियालगायतका माध्यमहरूमार्फत कला सिर्जना गरेका छन् । प्रदर्शनी अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य शाक्यले प्रदर्शनीमा प्रदर्शरत कलाहरू देखेर असाध्यै खुसी र गौरवको अनुभूति भएको बताइन् । कला राष्ट्रको गहना, मान, सान, पहिचान र अमूर्त संस्कृतिको धरोहर भएकाले कला तथा कलाकारको महत्त्व संसारको जुनसुकै कुनामा पनि महत्त्वपूर्ण हुने धारणा राखिन् । उनले भनिन्, ‘कला र कलाकारिताले मानिसको मनोभाव, शब्द, भाषा सबै अभिव्यक्त गर्न सक्छ । कलाकारको सोच र भाव अन्य व्यक्तिभन्दा फरक र उच्च हुन्छ ।’

Advertisement Banner
Previous Post

क्यानभासले बोलिरहेका महिलाका व्यथा

Next Post

निर्मल पुर्जाको ‘बियोन्ड पसिबल’ नेपालीमा आउने

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
निर्मल पुर्जाको ‘बियोन्ड पसिबल’ नेपालीमा आउने

निर्मल पुर्जाको ‘बियोन्ड पसिबल’ नेपालीमा आउने

Recommended

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

इतिहासविद् कृष्णविक्रम नेम्बाङको पुस्तक ‘इतिहास पहिचान’ सार्वजनिक

4 years ago
President Donald Trump Says South Africa Won’t Be Invited to Next Year’s G20 Summit

US will retain control of seized Venezuelan oil, says US President Donald Trump

4 months ago

Don't Miss

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

April 12, 2026
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.