लेख: दशैँ ! स्मृतिको झ्यालबाट

नेपालीहरुको महान चाड दशैँलाई मेरा स्मृतीको आँखी झयालबाट बाल्यकालको दशैँ चिहाउँदै गर्दा आहा ! कति लोभ लाग्दो, प्रिय र रमाईलोसँग बितेको रहेछ थाहै भएन । जब ठूलो भइयो तब आफ्नो काँधमा जिम्मेबारी थपिँदै गयो कमशः दशैँको महत्त्व र रहर कम हुँदै गयो, जाने रहेछ ।
मेरो बाल्यकालको दशँै कति मनमोहक र रमाइलो थियो शब्दमा बयान गर्न कठिन तर पनि कागजमा कोर्दै गर्दा बाल्यकाल अत्यन्त रमाईलो समय र त्यसमा पनि दशैँ रमाईलो नहुने त कुरै भएन । दशैं आउनै लाग्दा ममीलाई चटारो, मुमालाई सायद ब्यवहार गर्न‘पर्दा बोझीलो बन्थ्यो होला । मलाई चैँ रमाईलो लाग्थ्यो । दशैँ सुरु भएसँगै करेशाबारी, फुलबारी, सुन्दर हुन्थ्यो । हाम्रो बगैंचामा अनगिन्ती राम्रा फूलहरु हुन्थे । जस्तै गुलाव, करबिर, रङगबदन, बारबज,े बेली, चमेली घन्टी आदिआदी । जब फुलबारी गोडमेल गरी सफा बनाइन्थ्यो तब फुलेर झरेका ती फूुलहरुले बगैंचा अथवा फुलबारीको शोभा झनै बढाउँथ्यो । बोटमा फुलेका फूलसँगै भुइँमा झरेका फूलले रक्ताम्य हुुन्थ्यो भुइं । यसपछि कमेरो, रातोमाटो, काठकै घर भए पनि कमेरो रातोमाटो लगाईन्थ्यो ।माटो लिन,ममी र घरमा भएकी घर्तीनी आमा तल्लो घर, माथ्लो घर सबैजना रमाईलो साथमा डाडाँमा माटोलिन जानुहुन्थ्यो । त्यसपछी माटो भिजाउने पोत्ने काम सकिन्थ्यो । यसपछी चिउरा कुट्ने लहर सबै गाँउमा सल्लाह गरी कहिले धान भिजाउने र मलङवा (सदरमुकाम) लगेर कुटेर ल्याउने भनी सल्लाह अनुसार धान भिजाएर राखिन्थ्यो । बिहान सबेरै बोकेर, कहीले साईकल, कहिले,टायर गाडीमा हालेर लगिन्थ्यो । भिजेको धान बोकेर जाँदा ममीका लुगा निथ्रक्क भिज्थे फेर्नका लागि अर्को लुगा लैजान पथ्र्यो । चिउरा कुटेर ल्याए पछिको रमाईलोको कुरै नगराँै घरै चिउराले मगमग बास्ना आउँथ्यो । यसैगरी जब घटस्थापना सुरु हुन्थ्यो पण्डित बा सधै चण्डी पाठ गर्न आउनु हुन्थ्यो । अनि नयाँ कपडाको पालो, मुमाले सबैभन्दा राम्रा र उज्याला कपडा छान्न लगाई किनीदिनुहुन्थ्यो । खुसीको सिमा नै नहुने कती खेर नयाँ लुगा लगाएर गाउँ घुम्न जाउँ भनेर मौका हेर्ने । कुनै दशैँमा त दाईले काठमाडौँबाट सबै सेट मिलायर लुागा ल्याउँदाको कुरा नै नगरौँ । घटस्थाापना सुरु भएसँगै जब सप्तमी तिथी आउँथ्यो मुमाले सातवटी कन्ये केटी खोजेर सातओटा टपरीमा फुलपाती टिप्न लगाई घरमा भित्र्याउनु हुन्थ्यो । अष्टमीको चहलपहलसँगै रमाईलो बढने क्रममा अष्टमीको दिन बडावा काकाहरु घरमा दुर्गा पुजाको लागि आउनुहुन्थ्यो । सबेरै सेलरोटी पकाउन कृष्ण दाजुको घरमा पिठो कुटेर ल्याई सेल पकाईन्थ्यो । रातभरी बसेर पत्रे र खजुरी पकाएको हिँजो झँै लाग्छ । मासुको लागि कहीले घरमै त कहीले अन्तबाट ल्याईन्थ्यो । रमाइलो साथमा दुर्गा पुजा सम्पन्न गर्नुुहुुन्थ्यो । यो नवरात्री भरी म लगायत नर्बदा अरुसाथी पुरानो बजारको दुर्गा मन्दीर पुुजाकोलागि जान्थ्याँै । पुुजाकोलागि रातो फूल, नबराज दाईको घरको पारिजातको फूल ल्यायो अनी पुजा सामान राखी मन्दिर जाने । आहा ! मलाई मन्दिर जान र पूजा गर्न पाउँदा अती खुुसी लाग्ने । त्यसपछी आयो रुखमा वा दलीनमा पिङ खेल्यो । सप्तमी देखी नवमीभित्र सास्कृतीक कार्यक्रम हुने जसमा म लगायत प्रायः सबैसाथीहरूकोे सहभागीता हुन्थ्यो । जसको आयोजना मेरो दाइलगायत नबराज दाई, नविन दाई, उदब दाई, लछुमन दाई, राधाकष्ण दाइ, कष्णदाइलगायत सबै दाइहरु । यस कार्यकममा मैले एकल नृत्य ‘पिरती बस्यो सुस्तरी सुस्तरी मन’मा र अर्को सामुहिक नृत्य ‘रातो टिका निधारमा टलक्क टल्कीयो’। यसमा नर्र्वदा, पुस्पा, सुनीता….आदीले नाचेको आहा ! साथीभाई भेट्यो बजार आउने जानेको बाटोभरी रमाईलो हेर्याे । बर्षाै नभेटेका सबैलाई दशैँमा भेटन पाउने, हिडेको देखीने, घरमा मासु चिउरा खाँदै पिङ खेल्दै गर्दाको पल त अझै घुटुक्क थुक निल्ने हुन्छ सम्झनामा पनि । यसैगरी प्रत्येक दशैँमा नयाँ नेपाली फिल्म लाग्ने सिनेमा हलमा साथी भाई गयो हे¥यो, कहीले लालबन्दी कहीले हरीवन सिनेमा हल कती मस्ति……।
टिकाको दिन हत्तपत्त पण्डित बा सबेरै आउनुहुन्थ्यो । दशमीको दिनको पुजा होम सकेर पण्डित बा लाई कपडा,दक्षिणा सहित बिदा गरी साईतको टिका लगाउन हतार राम्री भएर नयाँ लुगा लगायर टिका लगाई बडाबाको घरमा गई टिका लगाउने र खाना खाने । हामी बडबाको घरमा टिका लगाउन जादा दाजु भाउजुसँग रमाइलो, बडाबाले बर्षेनी बडाएर दक्षिणा दिँदाको खुसी, भाउजुले पकाएको मासुको स्वाद त अझै ताजा छ, कती मीठो कुरै नगरौँ । त्यसपछी काकाहरू आउने टिका लगाउने, खाना खाईवरी आफ्ना-आफ्ना घर जाने । मितिनीको घरमा टिका लगाउन जुनेली रातमा जाने । वरपर टिका लगाई सकेपछि डाडाटोल बुडामावली (सजना र विश्व मेरा सहपाठी) जाने रमाईलो गर्दागर्दै दशैँ सकिएको पतै नहुने ‘‘दशैमा बुबा कहीले पहाड त कहीले तराईमा दशैँ मान्ने पहाडमा दशैँ मान्दा हामीलाई खाम भित्र पैसा, अक्षता र जमरा पठाउँदा बुबा टाढा भएपनी सायद सँगै भको भान हुन्थ्यो । टिका अन्तिम हुँदै गर्दा बजारमा गयर रोटेपिङ खेल्न साथीभाइको जमात बजारमा जाने, बालापन भनेको बालापन नै हो । यसै गरी पुरानो बजारमा काका घर गयो लङडी बुर्जा खेल्यो आहा…. तर म कहीलेपनि नजीत्ने, दुःखी हुँदै घर आउनु पर्ने । यसै गरी बित्यो मेरो बालापन । बालापनका हरेक यादलाई सलाम गर्दै मनमनमा सङगालेको बालापनको याद आज स्मृतिको झ्यालबाट हेरेर रमाउँदैछु ।

दुर्गा भट्टराई

Comments are closed.