काठमाडौं । संचारकर्मी समेत रहेकी गीतकार गीता अधिकारीको आलेख संग्रह ‘कलमका डोबहरू’ सार्वजनिक गरिएको छ । आयोजित समारोहमा नेपाली फिल्म क्षेत्रका वरिष्ठ अभिनेत्रीद्वय चैत्यदेवी सिंह र भुवन चन्दले पुस्तक सार्वजनिक गरे ।
यसअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ ल्याएकी अधिकारीले जन्मदिनको अवसरमा पुस्तक ल्याएकी हुन् । लेखक अधिकारीले विविध समयमा प्रकाशित आलेखलाई संग्रहित गरेर पुस्तकाकार दिएको बताइन् ।
मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले लेखक अधिकारीले आफ्ना आलेखलाई दस्तावेजीकरण गरेको जानकारी दिए । पुस्तकमा सो समयका विभिन्न घटना र विषयलाई समेटिएको उनले जनाए ।
सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा मिलापको पुस अंकमा कभर स्टोरीमा रहेकी साहित्यकार राधा भण्डारीलाई कभर सम्मान अर्पण गरिएको थियो । अथितिलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
लेखक अधिकारी कला मनोरञ्जन विधाको पत्रकारितामा सक्रिय छिन् । उनका ‘यतै घमाइलो उतै घमाइलो’, ‘तीजैमा व्रत बसी’, ‘बजाउँदै चुरा’, ‘श्वास फेरी’, ‘छम्मछम्म’ जस्ता एकदर्जन जति गीत श्रोता/दर्शकमाझ आएका छन् । मिलाप पब्लिकेशन प्रालिले पाठकमाझ ल्याएको ४७७ पेजको यस कृतिको मूल्य ९९९ रुपैयाँ राखिएको छ ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.