अरविन्द केजरीवाल तिहाड जेलबाट पक्राउ

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल तिहाड जेलबाटै पक्राउ परेका छन् ।केन्द्रीय अन्वेषण ब्युरो (सीबीआई) ले मदिरा नीति घोटालासँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई मंगलबार राति पक्राउ गरेको हो ।
यसअघि आजै दिल्ली उच्च अदालतले सोही घोटालामा ईडीले दायर गरेको मुद्दामा केजरीवाललाई जमानत दिन अस्वीकार गरेको थियो । दिल्ली उच्च अदालतको निर्णयबारे आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेछ ।सुनुवाइअघि नै सीबीआईले उनलाई पक्राउ गरेको बताइएको छ ।

Comments are closed.