Trending Now

युक्रेनको राजधानीमा आक्रमण, ५० भन्दा बढी घाइते

युक्रेनको राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५३ जना घाइते भएक छन्। मेयर भिटाली क्लित्स्कोका अनुसार घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।

पूर्वी डिनिप्रोभस्की र दक्षिणपूर्वी डार्नित्स्की जिल्लामा भएको हवाइ हमलाबाट बालबालिकाको अस्पताल, एउटा अपार्टमेन्ट भवन, निजी घर र कारमा क्षति पुगेको क्लित्स्कोले बताए।

युक्रेनी वायुसेनाले किभविरुद्ध प्रहार गरिएका सबै १० ब्यालेस्टिक मिसाइल रोकेको दाबी गरेको छ।

Comments are closed.