काठमाडौं-नेपाली भाषासाहित्यको सिर्जनामा साढे छ दशक अघिदेखि निरन्तर साधनारत एवम् नेपालको उच्च शिक्षाको श्रीवृद्धिका लागि समेत समर्पित प्रा.रामकुमार पाँडेलाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।
यसै गरी चित्रकलाको आराधनामा विगत सात दशकदेखि अनवरत साधनारत रही अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको गौरव बढाएबापत श्री शशि शाहलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गर्ने निर्णय भयो ।
नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका सम्मानमा स्थापित यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् ।
साथै कविता सिर्जनाका माध्यमबाट सदैव समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत कविवर श्री कृष्ण बाउसेलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भयो ।
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।
Trending Now
- एकल मुक्तक वाचनमा सरस्वती घिमिरे
- परशुराम साहित्य महोत्सव दोस्रो संस्करण फागुन २२ गतेदेखि
- US files lawsuit against Treasury Department cyberattackers
- Japan rejects US request to increase defense budget
- Nepali students achieve outstanding results in Cambridge Learner Awards
- ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश’ प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत
- पर्यटनमन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्री ‘टुरिजम् मिनिस्टर अफ दी एयर’ अवार्ड
- कुलमानलाई हटाउन सरकारको तयारी, मन्त्रिपरिषदले सोध्यो स्पष्टिकरण
- प्रसिद्ध तीर्थस्थल केदारनाथमा ४० अर्बमा केबुलकार बन्ने, भारत सरकारले दियो स्वीकृती
- ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण सुरु
Comments are closed.