जनमत वाङ्गमय प्रतिष्ठानबाट विभिन्न सम्मानहरूको घोषणा

काठमाडौं । जनमत वाङ्मय प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको सम्मानहरू यस वर्ष पनि विभिन्न साहित्यकारहरूलाई प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिष्ठानद्वारा प्रेषित विज्ञप्तिअनुसार २०७९ सालको ‘दीपा–जनमत सम्मान’ प्रा. डा. लक्ष्मणप्रसाद गौतम (बागलुङ), ‘गणेश/खिलकुमारी दुवाल–जनमत सम्मान’ प्रमोद प्रधान (मोरङ), ‘हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान’ डा. अभि सुवेदी (तेह्रथुम), ‘जनमत–जनक प्रधान सेवा सम्मान’ राजेश खनाल (काठमाडौं) लाई प्रदान गर्ने निर्णय गरिएको छ ।

Comments are closed.