काठमाडौं । साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान” शान्तदास मानन्धरलाई दिने निर्णय गरेको छ ।। बालवाङ्मय तथा अनुसन्धान केन्द्रले “साहित्य-सृष्टि बालवाङ्मय साधना सम्मान-२०७९” पहिलोपटक नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ । सो सम्मानअन्तर्गत रू. २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिन्छ । उक्त सम्मानका लागि साहित्यकार प्रमोद प्रधान, उहाँकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले रू. ५ लाखको अक्षयकोष स्थापना गरिदिनुभएको छ । बालबाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा बसेको बैठकले श्री मानन्धरलाई सम्मान समर्पण गर्ने निर्णय गरेको हो । बैठकले “राकुपा बालवाङ्मय बाल प्रतिभा पुरस्कार”को राशि रू. १० हजार गर्ने निर्णय पनि गरेको छ। सो पुरस्कारका लागि वरिष्ठ हास्यव्यङ्ग्य लेखक एवम् बालसाहित्यकार प्रा. रामकुमार पाँडेले रू. २ लाख ११ हजार १११/- को अक्षयकोष राखिदिनुभएको छ । यो पुरस्कार २० वर्षभन्दा मुनिका स्रष्टाले लेखेका कृतिहरूमध्ये उत्कृष्ट ठहरिएको कृतिलाई प्रदान गर्न स्थापना गरिएको हो । पुस्तक छनौट कार्य हुँदै छ ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.