लोकराज भट्टको‘छाइल’लाई कविडाँडा आख्यान पुरस्कार

कविडाँडा साहित्य समाज चितवनले कविडाँडा आख्यान पुरस्कार २०७८ घोषणा गरेको छ ।

नेपाली भाषामा प्रकाशित आख्यानहरूमध्ये एक आख्यानात्मक कृतिलाई प्रत्येक वर्ष अर्पण गरिने यो पुरस्कारका लागि यस वर्ष बुक्स हिमालयद्वारा प्रकाशित साहित्यकार लोकराज भट्टको उपन्यास ‘छाइल’ छनोटमा परेको छ ।

रु पच्चिस हजार पुरस्कार राशि रहेको यो पुरस्कार २०७७ मा आख्यानकार श्याम साहको कथा सङ्ग्रह “पथेर”लाई अर्पण गरिएको थियो । त्यस्तै आगामी वर्षदेखि यस पुरस्कारको राशि रू एकलाख पच्चिस हजार नगद पुर्याइने कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले जनाउनु भएको छ ।

Comments are closed.