तीसको दशकदेखिकै एक सशक्त कथाकारको रूपमा परिचित किशोर पहाडीका बारेमा विभिन्न कवि तथा लेखकहरूले व्यक्त गरेका आफ्ना धारणालाई राखिएको ’सिर्जनशील किशोर पहाडी नामक पुस्तक’ फर्पिङ्गमा सार्वजनिक गरिएको छ ।
कार्यक्रममा काठमाडौंका धेरै साहित्यकार तथा साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
साहित्यकार किशोर पहाडीलाई उनको जन्मथलो दक्षिणकालीमा सुशेली साहित्यिक प्रतिष्ठान तथा नगरपालिका दक्षिणकाली वडा नम्बर ६ को संयुक्त आयोजनामा ले एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । दक्षिणकाली नगरपालिका वडा नं ६ स्थित झम्केश्वरी डबलीमा आयोजित कार्यक्रममा पहाडी दम्पतीलाई दक्षिकाली नगरपालिका ६ नम्बर वडा कार्यालय लगायत अन्य सबै वडाहरू र पहाडीले अध्ययन गरेको स्कूल त्रिभुवन आदर्श विद्यालय एवम् स्थानिय सङ्घ संस्थाहरूले अभिनन्दन तथा सम्मान गरेका थिए ।
सो कार्यक्रममा प्राध्यापक डा.शेखरकुमार श्रेष्ठद्वारा सम्पादित सिर्जनशील किशोर पहाडी नामक पुस्तक नामक करिव ५०० पृष्ठको ग्रन्थसमेत विमोचन गरिएको थियो । सो ग्रन्थमा सो ग्रन्थमा विविध खण्डमा गरी ८० भन्दा बढी लेखकले किशोर पहाडीका ब्यक्तित्व तथा कृतित्वमाथि लेखिएका रचनाहरु समाविष्ट छन् । पहिलो खण्डमा किशोर पहाडीका विविध विधाका रचना रहेका छन् । त्यसपछि कवितामा किशोर पहाडी खण्ड, कथा समालोचना खण?ड, अनुदित कथा समालोचना खण्ड, वालकथा समालोचना खण्ड, कविता समालोचना खण्ड, अन्तर्वार्ता खण्ड, पुस्तक समीक्षा खण्ड, भूमिका लेखन खण्ड, किशोर पहाडीका विषयमा हालसम्म भएका शोधको विवरण , किशोर पहाडीका हालसम्म प्रकाशित कृतिहरू तथा तस्वीरमा किशोर पहाडी खण्ड रहेका छन् ।
सुशेली साहित्यिक प्रतिष्ठानका अध्यक्ष आवेश मिश्रको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरु वडा नम्बर ६ का वडा अध्यक्ष शैलेश माननन्धर, नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत तथा उप-प्रमुख आदिले किशोर पहाडीका बारेमा मन्तव्य प्रकट गरेका थिए . साहित्यकारहरूका तर्फबाट विष्णुविभु घिमिरे तथा विश्वविमोहन श्रेष्ठले कथाकार पहाडीको व्यक्तित्व तथा कृतिहरूका बारेमा राखेका थिए।
सुशेली साहित्यिक प्रतिष्ठानकी सदस्य अप्सरा भुजेलले किशोर पहाडीको जन्मथलो कोटाल टोलको परिचयसँगै उनको जीवनीबारे संक्षेपमा चर्चा गरेकी थिइन् । कार्यक्रमको सञ्चालन प्रा.डा.शेखरकुमार श्रेष्ठले गरेका थिए।
कार्यक्रम शुरू हुनुअघि स्रष्टा किशोर पहाडीलाई बाजागाजा सहितको जुलुससँगै नगर परिक्रमा गराइएको थियो ।
Trending Now
- भीमदर्शन रोका स्मृतिकोषद्वारा शशी शाह र सहारा ज्येष्ठ नागरिक समाज सम्मानित
- Mark Carney sworn in as Prime Minister of Canada, new cabinet formed
- Macedonia nightclub fire: 51 dead, 100 injured
- Ghulam Ali, Aamir and Nazir’s voice “Ghazal Unkai Geet Unkai” released.
- The Sinja civilization is being studied for World Heritage listing
- सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने
- पूर्वराजाको ‘एक्सपेरिमेन्ट’ फेल, संयुक्त जनआन्दोलन समितिमा भाँडभैलो
- प्रहरीमा स्टाफ कलेज कोर्स नरोक्न सर्वोच्चको आदेश
- चैत २८ देखि बिस्का जात्रा, तयारी तीव्र
- भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण
Comments are closed.