Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत

Editorial Team by Editorial Team
July 17, 2022
in Awards, Literature
0
साहित्यकार रमेश रञ्जन झासहित पाँच स्रष्टा पुरष्कृत
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर — मैथिली साहित्यकार, अभिनेता तथा निर्देशक रमेश रञ्जन झासहित पाँच स्रष्टालाई एक समारोहबीच शुक्रबार पुरष्कृत गरिएको छ । संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले उनीहरूलाई नगद, प्रशस्तीपत्र तथा दोसल्ला ओढाई पुरष्कृत गरेका हुन् ।

नेपाल सरकारद्वारा स्थापित विद्यापति पुरष्कार कोष, प्रत्येक वर्ष पाँच विधाका स्रष्टाहरुलाई पुरष्कृत गर्दै आएको हो । रमेश रञ्जन झालाई २ लाख राशिको नेपाल विद्यापति भाषा–साहित्य पुरष्कार, गीतकार अशोक दत्त र मिथिला चित्रकलाको क्षेत्रमा उल्लेखनीय योगदान दिने निर्मला झालाई संयुक्त रुपमा नेपाल विद्यापति कला–संस्कृति पुरष्कार, डा. सूर्यप्रसाद यादवलाई नेपाल विद्यापति अनुसन्धान पुरष्कार तथा अर्जुनप्रसाद गुप्तालाई नेपाल विद्यापति पाण्डुलिपि पुरष्कार प्रदान गरिएको थियो ।

भाषा–साहित्य वाहेका पुरष्कारको राशि एक लाख छ । कला संस्कृति पुरष्कार दुई जनालाई संयुक्त रुपमा दिइएकोले उनीहरूलाई ५०/५०हजारको चेक प्रदान गरिएको थियो ।

कोषको नियमावली अनुसार अनुवाद विधामासमेत एक जना स्रष्टालाई पुरष्कृत गर्नु पर्ने हो तर यस वर्ष अनुसंधान विधामा एउटै पनि निवेदन नपरेकोले पुरष्कार वितरण नगरिएको कोषका सदस्य सचिव रुद्रनारायण झाले जानकारी दिए ।

२०६८ देखि संचालित विद्यापति पुरष्कार कोषले यसअघि डा. राजेन्द्रप्रसाद विमल, रामभरोस कापडि, डा. रेवतीरमण लाल, रमानन्द युवा क्लव, मिथिला नाट्यकला परिषद्, साहित्यकार रोशन जनकपुरी, चन्द्रशेखर उपाध्याय तथा मैथिली साहित्य परिषद् राजविराजलाई २लाख राशिको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरष्कार प्रदान गरिसकेको छ । यसैगरी डा.रामावतार यादव, डा.योगेन्द्रप्रसाद यादव र डा. सुनिल कुमार झालगायतलाई अनुसन्धान पुरष्कार प्रदान गरेको छ ।

पुरष्कार अर्पण समारोहलाई सम्बोधन गर्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मिथिला संस्कृति र मैथिली भाषा नेपालकै सर्वाधिक पुराना संस्कृतिमध्येको एक भएको बताए । मैथिलीका महाकवि विद्यापतिको नाममा स्थापित पुरष्कार कोष मार्फत स्रष्टाहरुलाई पुरष्कृत गर्न पाउदा आफू खुसी भएको उनको प्रतिक्रिया थियो ।

राष्ट्रिय एकतालाई सुदृढ पार्न भाषा, साहित्यको योगदान महत्त्वपूर्ण हुने गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले मुलुकभरिका सबै भाषा र संस्कृतिको विकासका लागि नेपाल सरकार भाषिक नीति ल्याउने तयारीमा रहेको बताए ।

मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतोले मधेस सरकार मैथिली, भोजपुरीसहितका मधेसमा बोलिने भाषाहरूको विकासको लागि भाषा अकादमी गठन गर्ने तयारीमा रहेको जानकारी दिए । उनले भने, ‘मधेस सरकारले निती तथा कार्यक्रममै मैथिली र भोजपुरी अकादमी गठनको लागि एक/एक करोड रकम छुट्याइसकेको छ ।’

पुरष्कृत स्रष्टा रमेश रञ्जन झाले नेपालमा दोश्रो सर्वाधिक बोल्ने मैथिली भाषाको एकेडमी गठन गर्नु पर्ने माग गरे । उनले भने, ‘मैथिली मुलुकमा दोश्रो सबभन्दा बढी व्यक्तिद्वारा बोलिने भाषा हो । यसको विकासको लागि राष्ट्रिय स्तरमा मैथिली अकादमी गठन गर्नु पर्दछ ।’

कोषका अध्यक्ष प्रा. रामचन्द्र यादवको अध्यक्षतामा सम्पन्न पुरष्कार अर्पण समारोहमा मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, मिथिला नाट्यकला परिषदका पूर्वअध्यक्ष सुनिल मल्लिकलगायतको सहभागिता थियो ।

Advertisement Banner
Previous Post

पत्रकार प्रताप विष्टद्वारा लिखित पुस्तक ‘छेलिएका अनुहार’ विमोचन

Next Post

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

Editorial Team

Editorial Team

Next Post
उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

उपसभामुख पदको पद तथा गोपनीयताको शपथ

Recommended

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि

4 months ago
बेलायत र क्यानडाका लागि ठूलो सुविधा दिने चीनको घोषणा

बेलायत र क्यानडाका लागि ठूलो सुविधा दिने चीनको घोषणा

1 month ago

Don't Miss

नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल नबिल बैंकका अध्यक्ष चौधरीद्वारा उद्घाटन

March 22, 2026
अनेसास डीसी मेट्रो च्याप्टरद्वारा पारिजात स्मरणसहित स्थापना दिवस सम्पन्न

अनेसास डीसी मेट्रो च्याप्टरद्वारा पारिजात स्मरणसहित स्थापना दिवस सम्पन्न

March 22, 2026
उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि

उर्जा व्यवस्थापनमा गुगलले ल्यायो नयाँ प्रविधि

March 22, 2026
इजरायलले तेहरानमा व्यापक स्तरको आक्रमण गर्‍योः आईडिएफ

इजरायलले तेहरानमा व्यापक स्तरको आक्रमण गर्‍योः आईडिएफ

March 22, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.