काठमाडौं : नेपाली शिक्षा परिषदले साहित्यकारद्वय चित्तरञ्जन नेपाली र रामप्रसाद पन्तलाई पुरस्कार प्रदान गर्ने भएको छ । परिषदले नेपालीलाई ‘आदिकवि भानुभक्त पुरस्कार’ र पन्तलाई ‘गोपाल पाँडे असिम पुरस्कार’ प्रदान गर्ने भएको हो । परिषदले साढे सात दशकदेखि नेपाली वाङ्मयको संवद्र्धनमा विशिष्ट योगदान पुर्याए वापत नेपालीलाई रु. १ लाख २५ हजार राशि सहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
यस्तै परिषदले संस्थागत रुपमा विभिन्न रचनात्मक क्रियाकलापव्दारा नेपाली, भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान गरे वापत पन्तलाई रु. ५० हजार राशि सहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
परिषदका अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको परिषदको प्रबन्ध समितिको बैठकले नेपाली र पन्तलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष शर्मा द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यी पुरस्कार परिषदको ७२ औँ वार्षिकोत्सवको समारोह २०७९ साउन ३१ गते प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । आदिकवि भानुभक्त पुरस्कार २०५२ साल र गोपाल पाँडे असिम पुरस्कार २०५० सालबाट प्रदान गर्न सुरु गरिएको हो ।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.