मदन-शीला साहित्यिक स्रष्टा तथा साहित्यिक पत्रिकारिता सम्मान समर्पण

मदन-शीला प्रतिष्ठानले काठमाडौंमा एक समारोहको आयोजना गरेर कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई २०७६ को तथा आख्यानकार गीता केशरीलाई २०७७ को मदन-शीला साहित्यिक स्रष्टा सम्मान तथा मोहन दुवाललाई २०७६ को तथा रामप्राद पन्तलाई २०७७ को मदन-शीला साहित्यिक पत्रकारिता सम्मान समर्पण गरियो । समारोहका प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले सम्मान समर्पण गरेका थिए ।
यो सम्मानमा रु १ लाख १ हजार नगद रहेको छ ।
कार्यक्रममा बिनुबाबा अर्यालले मदनदेव भट्टराई र रत्नश्रीको वारेमा मन्तब्य राखेकी थिइन् । पुरस्कृत प्रतिभाहरु मोहन दुवाल र रामप्रसाद पन्तले पनि आआफ्नो धारणा राखेका थिए । सम्मानित स्रष्टाहरुको वारेमा साहित्यकार महेश प्रसाईंले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन सन्ध्या पहाडीले गरेकी थिइन् ।

Comments are closed.