राष्ट्रिय तथा प्रादेशिक पुरस्कारबाट स्रष्टाहरू पुरस्कृत

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टाहरूलाई गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार र राष्ट्रिय तथा प्रादेशिक पुरस्कारले सम्मानित गर्ने भएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारि गर्दै पुरस्कार प्रदान गर्न लागिएको जानकारी दिएको हो ।

गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७९ अन्तर्गत इलामका हाङयुग सुब्बा थाम्सुहाङले काव्य विधा र मोरङका युवराज घिमिरेले नाटकतर्फ पुरस्कार प्राप्त गर्ने भएका छन् । त्यसैगरि भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ काठमाडौंका नरेन्द्रराज पौडेललाई दिइने भएको छ ।

संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ ओखलढुंगाका डिल्ली प्रसाद पोखरेललाई दिइनेछ । संस्कृति विधातर्फकै प्रादेशिक पुरस्कार कोशी प्रदेश, ताप्लेजुङकी झुमा ओनेम लिम्बु, मधेश प्रदेश, बाराका राम प्रसाद साह, बागमती प्रदेश, दोलखाका रविन्द्र तामाङ, गण्डकी प्रदेश, कास्कीका रामराज रेग्मी, लुम्बिनी प्रदेश, दाङका टिकाराम बुढा मगर, कर्णाली प्रदेश, दैलेखका ओम रिजाल र सुदूरपश्चिम प्रदेश, कैलालीका नन्दलाल रानाले प्राप्त गर्ने भएका छन् ।

मन्त्रालयले प्रादेशिक प्रतिभा पुरस्कार २०७९ कोशी प्रदेश, भोजपुरका डिकबहादुर बान्तवा, मधेश प्रदेश, रौतहटका सञ्जय साह, बागमती प्रदेश, काभ्रेका डा लोक बहादुर लोप्चन, गण्डकी प्रदेश, पर्वतका छायादत्त न्यौपाने (बगर), लुम्बिनी प्रदेश, बर्दियाका शोभाराम चौधरी (शेखर दहित), कर्णाली प्रदेश, हुम्लाकी देवकी तिमल्सिना (समिक्षा) र सुदूरपश्चिम प्रदेश अछामका भरतकुमार साउदलाई प्रदान गर्न लागेको हो ।

संस्कृति प्रवर्धनअन्तर्गतका यि पुरस्कार २०८० असार २० गते नेपाल सरकार (मन्त्रीस्तर)बाट निर्णय भइ प्रदान गर्न लागिएको विज्ञप्तिमा जनाइएको छ ।

Comments are closed.