यादव खरेललाई ‘दीर्घ साधना’

वरिष्ठ गीतकार, कवि तथा नियात्राकार यादव खरेललाई ‘दीर्घ साधना’ अवार्ड प्रदान गरिएको छ । रेडियो कान्तिपुरले ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड’का अवसरमा खरेलले ६ दशकदेखि गीत साधनामा पुर्याएको योगदानको सम्मान गर्दै सो अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा कान्तिपुर पब्लिकेसन्सका कैलाश सिरोहियाले उनलाई नगद एक लाखसहित ट्रफी समर्पण गरेका थिए ।
वि.सं १९९९ साल फाल्गुनमा खरेलथोक काभ्रेमा जन्मेका खरेलका ‘यस्तो पनि हुँदोरहेछ’(विसं २०४८), ‘यस्तै रहेछ यहाँको चलन’ (विसं २०५९) गीतिसङ्ग्रहहरू प्रकाशित छन् ।
चालिसभन्दा बढी सिनेमाहरूका लागि गीत लेखेका खरेलका गीतहरू सदावहार छन् ।

Comments are closed.