एक लाखको पुरस्कार ‘याक्थुङ साम्जिक मुन्धुम’लाई

काठमाडौँ — किरात याक्थुङ चुम्लुङको ३४औं वार्षिकोत्सवका अवसरमा १ लाख रुपैयाँ राशिको उक्त पुरस्कार स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ, चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले ‘ हस्तान्तरण गरेका हुन् । लिम्बू जातिको धार्मिक ग्रन्थ ‘याक्थुङ साम्जिक मुन्धुम’‘लाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार’ प्रदान गरिएको छ ।

इतिहास तथा संस्कृतिविद् मञ्जुलकुमार याक्थुम्बाले हजुरआमा र आमाको नाममा स्थापना गरेको पुरस्कार कोषबाट हरेक दुई वर्षमा पुरस्कार प्रदान गरिँदै आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले यसैसाता राजधानीमा उक्त मुन्धुम सार्वजनिक गरेको मुन्धुम धार्मिक अनुष्ठान तथा जन्मदेखि मृत्यु पर्यन्तसम्मको संस्कार तथा आध्यात्मिक दर्शन समेटिएका छन् । ‘सृष्टिकालदेखि अहिलेसम्म पुर्खाले भनि आएका विश्वासका कथा अनि जीवन बाँच्ने आधारहरू नै मुन्धुम हो,’ काइँलाले भने, ‘सृष्टिभन्दा पहिले उत्पत्ति भएको हो । हाम्रो साम्जिक मुन्धुम आध्यात्मिक दर्शनका कुरा हुन्, जुन हाम्रा साम्बा, येबाले भन्दै आएका छन् । हामीले त्यसको अनुशरण गर्दै आएका छौं । यसमा सामाजिक, आध्यात्मिक, राजनीतिकलगायत पक्ष जोडिएका छन् ।’

Comments are closed.