बागमती विशेष कव्य उत्सव सम्पन्न

बागमती रीभर फेस्टिवल महा जल यात्रा अभियान अंतर्गत बागमती विशेष कव्य उत्सव संपन्न गरिएको छ। फ्रेन्ड्स क्लव कुपन्डोल र अनेसास नेपाल च्याप्टरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा विष्णुविभु घिमिरे रहनु भएको थियो। कार्यक्रममा विशेष अतिथि बागमती रिभर फेस्टिभलका संयोजक राजिव पौडेल, बागमती अभियन्ता मेघ आले, फ्रेन्ड्स क्लवका योगेन्द्र जंग बस्नेत रहनु भएको थियो। कार्यक्रममा बागमती विषयक कविता मात्र वाचन गरिएको थियो। भाव केशर बराल, माधव विडारी,रमेश दाहाल, डिल्ली रमण सुबेदी, पौडेल बिमुंस, बिक्रम भक्त जोशी, रन्जना निरौला, शशी पण्डित, निर्मल पराजुली, मंजिला अनिल, कमला रिसाल, शान्ति रिसाल, रत्न घिमिरे, समिना खनाल पृथा, दुर्गा ढकाल, प्रकाश मणि शर्मा, इन्दिरा ढकाल, शान्ता बस्नेत, सबिता श्रेष्ठ बेहोसी, राज रजकलगायतका कविहरूले बागमतीका विषयमा कविता वाचन गरेका थिए।


अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राजिव राज पौडेल, मेघ बहादुर आलेम योगेन्द्र जुङ्ग बस्नेतले पुरानो बागमती र अहिलेको बागमतीको तुलना गर्दै बागमतीलगायत नदीहरूको संरक्षण गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो। प्रमुख अतिथि घिमिरेले गोपाल बंशीदेखिको इतिहास रहेको काठमाडौँमा मान्छे कसरि पस्यो र दुषित गर्यो यो त् देवताहरू बस्ने ठाउँ हो भन्दै बागमतीको सभ्यतालाई जोगाउन आवस्यक रहेको कुरामा जोड दिनु भएको थियो। कार्यक्रम संचालन कवि ऋषभ देव घिमिरेले गर्नु भएको थियो।

Comments are closed.