यौन दूराचार आरोपमा छात्राबासका प्रमुख पक्राऊ

काठमाडौँ — काठमाडौंको गोकर्णस्थित एक विद्यालयका होस्टेल सञ्चालक  दुई बालिकामाथि यौन दूराचार गरेको अभियोगमा परेका छन् ।

कक्षा ७ मा अध्ययनरत ११ वर्षीया र कक्षा ८ मा अध्ययनरत १२ वर्षीया बालिकामाथि यौन दूराचार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–६, बाहुनधारा ९काठमाडौंँ स्थित विद्यालयका छात्राबास प्रमुख रामजी बस्नेत पक्राउ परेका हुन् ।

आरोपित बस्नेतलाई वौद्ध प्रहरी वृत्तको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको काठमाडौं परिसर प्रमुख एसपी दिनेश मैनालीले बताए ।

शान्ति टोलस्थित विद्यालयको छात्राबासमा रहेका दुई बालिकामाथि ५र६ महिनादेखि बस्नेतले यौन दूराचार गरेको उजुरी केही दिनअघि प्रहरीमा परेपछि बस्नेत फरार भएका थिए ।

अनुसन्धानका क्रममा रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसे स्थायी ठेगाना भएका बस्नेतलाई रामेछाप प्रहरीकै सहयोगमा पक्राउ गरी सोमबार काठमाडौं ल्याइएको हो ।

उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा २२५ मा उल्लेखित बाल यौन दूराचार गर्न नहुने भन्ने कसुर अनुसार अनुसन्धान अघि बढाइएको एसपी मैनालीले जानकारी दिए । काठमाडौं जिल्ला अदालतले बस्नेतलाई ४ दिन थुनामा राखी मुद्दाको अनुसन्धान गर्न अनुमति दिएको छ ।

 

Comments are closed.