काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले केहीबेरअघि सिरहा जिल्लाको लहान पुगेर मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरेका छन्। उनीसँगै मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेस सिंहले पनि शालिकमा माल्यार्पण गरे।






