Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

Editorial Team by Editorial Team
August 12, 2026
in Nepal, News
0
बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच सरकार गठनको सुरुवाती चरणमा देखिएको निकटतामा पछिल्लो समय चिसोपन आएको स्रोतहरूले दाबी गरेका छन्। मन्त्रालय सञ्चालनमा प्रधानमन्त्रीको सचिवालयको हस्तक्षेप, समानान्तर शक्ति केन्द्र निर्माणको प्रयास र पछिल्ला घटनाक्रममा देखिएको असमझदारीले दुई नेताबीच दूरी बढाएको बताइएको छ।

केही समयअघि प्रधानमन्त्री शाहले गृहमन्त्री गुरुङ र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालसँग खिचाएको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश बनाउने टोली’का रूपमा प्रस्तुत गरेका थिए। तर, पछिल्लो समय यही टोलीका एक प्रमुख सदस्य गुरुङ प्रधानमन्त्रीसँग असन्तुष्ट बनेको स्रोतको दाबी छ।

देवानगञ्ज–कप्तानगञ्ज घटनापछि बढ्यो असमझदारी

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा स्थानीय तहमा उत्पन्न तनावपछि दुई पक्षबीचको असमझदारी थप चर्किएको बताइएको छ।

घटनाको सुरुवाती चरणमा सुरक्षा व्यवस्थापनका लागि गृहमन्त्री स्वयंलाई घटनास्थल पठाउनुको सट्टा उनका स्वकीय सचिव जेम्स कार्कीलाई नियन्त्रण तथा अनुगमनका लागि पठाइएको थियो। प्राविधिक टोली र ड्रोनसहित कार्की घटनास्थल पुगेपछि गृहमन्त्री गुरुङ असन्तुष्ट बनेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीको मुख्य टिमको भूमिका रहेका कारण कार्कीलाई घटनास्थल पठाइएको र मन्त्रालयका महत्वपूर्ण प्रशासनिक निर्णयमा समेत प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष चासो बढेको गृहमन्त्री निकट स्रोतको आरोप छ।

मन्त्रालयमा मन्त्रीभन्दा स्वकीय सचिव प्रभावशाली बन्न थालेको तथा सरुवा–बढुवालगायतका निर्णयमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेप बढेको भन्दै मन्त्रालयभित्र असन्तुष्टि पैदा भएको स्रोतको दाबी छ। यही कारण आफूले चाहेअनुसार काम गर्न नसकेको र मन्त्रालयभित्रै समानान्तर संयन्त्र खडा गरिएको महसुस गृहमन्त्री गुरुङले गरेको बताइएको छ।

अन्ततः गृहमन्त्री नै पुगे घटनास्थल

स्वकीय सचिवमार्फत गरिएको प्रारम्भिक व्यवस्थापनले अपेक्षित परिणाम दिन नसकेपछि प्रधानमन्त्री शाहले अन्ततः गृहमन्त्री गुरुङलाई नै घटनास्थल पठाएको स्रोतको दाबी छ।

घटनास्थल पुगेपछि गृहमन्त्रीले स्थानीय तथा पीडित पक्षसँग प्रत्यक्ष संवाद गरेपछि स्थिति नियन्त्रणमा आएको बताइएको छ। घटनाले गृह मन्त्रालयको प्रत्यक्ष नेतृत्वको आवश्यकता देखाएको भन्दै त्यसपछि प्रधानमन्त्रीको ‘सूक्ष्म व्यवस्थापन’प्रति गुरुङको असन्तुष्टि थप बढेको स्रोतको दाबी छ।

रवि लामिछानेसँग बढ्दैछ निकटता

प्रधानमन्त्री कार्यालयबाट आफूलाई लगातार दबाब दिइएको महसुस गरेका गृहमन्त्री गुरुङ पछिल्लो समय प्रधानमन्त्री शाहभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग नजिकिएको स्रोतको दाबी छ।

पार्टीभित्र शक्ति सन्तुलन कायम गर्न तथा सरकारमा रास्वपाको प्रभाव बलियो बनाउन लामिछानेले गुरुङलाई पार्टीको उपसभापति बनाउने विषयमा समेत सकारात्मक संकेत दिएको बताइएको छ।

गुरुङ प्रधानमन्त्री शाहको क्याम्पबाट टाढिँदै लामिछानेनिकट बन्दै गएको अवस्थामा प्रधानमन्त्री शाहसमेत थप रक्षात्मक अवस्थामा पुगेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीलाई चुनौती : मन्त्रीको स्वायत्तता र दलीय सन्तुलन

मेयरका रूपमा रहँदा तत्काल निर्णय गर्ने र कार्यान्वयनमा लैजाने शैली अपनाएका शाहलाई प्रधानमन्त्री बनेपछि भने मन्त्रीहरूको स्वायत्तता, दलीय शक्ति सन्तुलन र संसदीय प्रक्रियासँग समन्वय गर्न चुनौती देखिएको विश्लेषण हुन थालेको छ।

मन्त्रालयहरूमा विश्वासपात्रमार्फत प्रभाव कायम राख्ने प्रयासले उल्टै सरकारभित्रै असन्तुष्टि बढाएको स्रोतको दाबी छ। गृहमन्त्री गुरुङसँग बढेको दूरी पनि यही शक्ति संघर्षको परिणाम भएको बताइएको छ।

यद्यपि, प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबीचको सम्बन्धमा आएको भनिएको चिसोपन तथा रास्वपाभित्रको सम्भावित शक्ति समीकरणबारे दुवै पक्षबाट औपचारिक रूपमा विस्तृत धारणा सार्वजनिक भइसकेको छैन।

Advertisement Banner
Previous Post

अमेरिकी सेनाले इरानतर्फ अघि बढेको जहाज रोकेको दाबी

Next Post

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

Editorial Team

Editorial Team

Next Post
क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

Recommended

NRB reports stable economy with forex reserves at USD 21.52 billion

Nepal Rastra Bank to mop up Rs 30 billion from banks for 52 days

8 months ago
Wipro announces results for the Quarter ended December 31, 2025

Wipro announces results for the Quarter ended December 31, 2025

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.