काठमाडौंमा वालेन्द्र साह र सुनिता डंगोलको जित सुनिश्चित

 

काठमाडौँ—पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको जित निश्चित भएको छ । बालेनका  प्रतिस्पर्धी उम्मेदवार कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितसँग बालेनले बनाएको मतान्तर गन्न बाँकी मतभन्दा बढी मत उनको आइसकेको हुँदा उनको जित सुनिश्चित भउको हो ।

अन्तिम मतपरिणामअनुसार बालेनले ५५ हजार ७ सय ७७, सहित पहिलोस्थानमा,  सिर्जना सिंह ३५ हजार ३ सय ७१ मतसहित दोस्रो स्थानमा र ३४ हजार ६ सय २६ मतसहित तेस्रो स्थानमा केशव स्थापित  रहेका छन् ।

बालेनले स्थापितभन्दा २१ हजार १ सय २१ बढी मत प्राप्त गरेका छन् भने सिर्जना सिंहभन्दा २० हजार ३ सय ७६ मत बढी ल्याएका छन् । काठमाडौंका ३२ मध्ये २७ वडाको मतगणना समाप्त भएको छ । अहिले वडा नम्बर १३, १४, १५, १६ र १७ को मत गणना भइरहेको छ । अब १९ हजार ३ सयजति मत मात्र गन्न बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै गरेर उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको जित सुनिश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भारी मतले जितेकी छन्। डंगोलले ५३ हजार ६ सय ४२ मत ल्याउँदा श्रेष्ठले १७ हजार ७ सय ६५ मत प्राप्त गरेका छन्  ।

Comments are closed.