Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

हादी हत्यापछि बंगलादेश थप अशान्त

Editorial Team by Editorial Team
December 23, 2025
in News, Pakistan
0
हादी हत्यापछि बंगलादेश थप अशान्त
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका कट्टर विरोधी उस्मान हादीमाथि १२ डिसेम्बरमा ढाकोको विजयनगर क्षेत्रमा गोली प्रहार भयो । चुनावी अभियानका क्रममा इन्कलाब मञ्चका प्रवक्तासमेत रहेका ३२ वर्षीय हादीमाथि नकाब लगाएका बन्दुकधारीहरूले टाउकोमा गोली हानेका थिए । गम्भीर घाइते हादीलाई उपचारका लागि सिंगापुर लगियो । उनको उपचारका क्रममा बिहीबार (१८ डिसेम्बर) मृत्यु भएको थियो ।
यो घटनापछि पूरै बंगलादेशमा नयाँ चरणको हिंसा जारी छ । तर, घटना भएको १० दिन बित्दा पनि हादी हत्याका दोषीहरूबारे बंगलादेश प्रहरीले कुनै क्लु भेट्टाउन सकेको छैन । बंगलादेश प्रहरीले आइतबार (डिसेम्बर २१ मा) आफूहरूसँग शरीफ उस्मान हादीको हत्याका मुख्य संदिग्धको ठाउँबारे कुनै ‘विशिष्ट जानकारी’ नभएको बताएको छ ।
हादीको इन्कलाब मञ्च पार्टीले अन्तरिम सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको एक दिनपछि प्रहरीको यो भनाइ आएको हो । पार्टीले आफ्ना नेताको हत्याका लागि जिम्मेवार व्यक्तिहरूको गिरफ्तारीमा ‘स्पष्ट प्रगति’ हुनुपर्ने बताएको थियो ।
गृह मन्त्रालयमा आयोजित आकस्मिक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (आईजीपी) खान्देकर रफिकुल इस्लामले कानुन प्रवर्तन एजेन्सीहरूले गोलीबारीमा संलग्न बन्दुकधारीको रूपमा चिनिएका फैसल करिम मसूदको खोजी सक्रिय रूपमा गरिरहेका बताएका थिए । उनले भने, “हामीसँग फैसलको अन्तिम ठाउँबारे कुनै विशिष्ट जानकारी छैन । हाम्रा सेना र गुप्तचर एजेन्सीहरू यसलाई प्राप्त गर्न काम गरिरहेका छन् ।”

संदिग्ध आक्रमणकारी देश छोडेर गए ?
उनले संदिग्ध आक्रमणकारी देश छोडेर गएको भन्ने कुनै विश्वसनीय जानकारी नभएको बताए । आईजीपीले अपराधीहरूले प्रायः आफ्नो ठाउँबारे अफवाह फैलाउने बताए । इस्लामले अझसम्म कुनै पनि राजनीतिक दललाई हत्यासँग जोड्ने कुनै ठोस प्रमाण फेला नपरेको बताए । “यद्यपि, सटिक तथ्यांक जुटाउने प्रयास जारी छ,” उनले भने ।
जाँच शाखाका प्रमुख शफीकुल इस्लामले हत्यामा कुनै व्यक्तिगत उद्देश्य नदेखिएको भन्दै प्रारम्भिक रूपमा यो हत्या राजनीतिक उद्देश्यबाट प्रेरित जस्तो लाग्ने बताए । यद्यपि, उनले भने, “हामी सबै सम्भावित पक्षहरूको जाँच गरिरहेका छौँ ।”
गत वर्षको छात्र–नेतृत्वका विरोध प्रदर्शनका प्रमुख नेता हादीका कारण प्रधानमन्त्री शेख हसिना नेतृत्वको अवामी लिग सरकार सत्ताबाट हटेको थियो । उनी १२ फेब्रुअरीमा हुने सामान्य चुनावका लागि उम्मेदवार थिए ।
हत्यापछि बंगलादेशभर आक्रमण र तोडफोडका घटनाहरू नयाँ सिराबाट सुरु भएको छ । शनिबार कडा सुरक्षाबीच हादीको शव ढाका विश्वविद्यालयको मस्जिद नजिकै राष्ट्रिय कवि काजी नजरुल इस्लामको चिहानका छेउमा गाडिएको थियो ।

Advertisement Banner
Previous Post

रसबाहिनी (जम्वुद्धीपमा उत्पन्न कथाहरु) अनुवाद पुस्तक सार्वजनिक

Next Post

World’s largest integrated green hydrogen-ammonia-methanol project in operation in China

Editorial Team

Editorial Team

Next Post
World’s largest integrated green hydrogen-ammonia-methanol project in operation in China

World's largest integrated green hydrogen-ammonia-methanol project in operation in China

Recommended

PYR to Launch New Imprint, Rocky Pond Books, Helmed by Lauri Hornik

PYR to Launch New Imprint, Rocky Pond Books, Helmed by Lauri Hornik

4 years ago
मङ्सिरको तेश्रो शनिवार हजुरबुबा-आमा दिवस: सुरेन उप्रेती

मङ्सिरको तेश्रो शनिवार हजुरबुबा-आमा दिवस: सुरेन उप्रेती

4 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.