Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Literary Festival & Event

मङ्सिरको तेश्रो शनिवार हजुरबुबा-आमा दिवस: सुरेन उप्रेती

Editorial Team by Editorial Team
December 2, 2025
in Literary Festival & Event, Nepal, News
0
मङ्सिरको तेश्रो शनिवार हजुरबुबा-आमा दिवस: सुरेन उप्रेती
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– हामी नेपालीहरू प्रकृतिपूजक हौँ । हामी माटोको पूजा गर्छौ । प्राण वायु भनेर हावाको पूजा गर्छौ । प्राण बचाउने जल अर्थात पानीको पूजा गर्छौँ । खोलानाला ,कुवा र धाराको पूजा गर्छौँ । ढुँगा माटोमा उम्रिएका रूख बिरुवाको पूजा गर्छौँ । त्यहीँबाट उत्पादन हुने अन्नपातको पूजा गर्छौँ । हामीलाई संरक्षण गर्ने जनवारहरूको पूजा गर्छौँ । गाई ,गोरू, कुकुर ,काग ,भैंसी, सर्प मुसा ,जस्ता जनवार र पन्छीहरूको पूजा गर्छौं । आकाशको पूजा गर्छौँ । नवग्रहहरूको पूजा गर्छौ ।

“आदिदेव नमस्तुभ्यं प्रसिद्ध मम भाष्कर
दिवाकर नमस्तुभ्यं प्रभाकर नमोस्तुते”
भन्दै सूर्यको पूजा गर्छौँ । चन्द्रमाको पूजा गर्छौ । पितृहरूको पूजा गर्छौँ । हामी दिदीबहिनीको तीजमा पूजा गर्छौँ मिठा परिकारहरू बनाएर खुवाउँछौँ । उपहारहरू दिन्छौ । तिहारमा दाजुभाइको पूजा गर्छौँ । उपहारहरू दिएर खुशी बाँड्छौँ । मह पूजामा आफ्नै पनि पूजा गर्छौँ । कुशेऔँसीमा बुबाको पूजा गर्छौँ र मिष्ठान्न भोजन गराउँछौँ । माता तीर्थ औँशीमा आमाहरूको मुख हेर्ने दिन मनाउँछौँ । एक दिन भए पनि मिठा परिकार फलफूलले सत्कार गर्छौँ । पूजा गर्छौँ । नयाँ वस्त्रहरू पहिर्‍याइ दिएर घुम्न लैजान्छौँ । तर हामीसँग हजुरबा र हजुरआमाको त्यस्तो कुनै दिन छैन । उहाँहरूसँग नातिनातिनाको कस्तो प्रगाढ सम्बन्ध हुन्छ ।

हामी कतिपय मानिसहरू हजुरबा र हजुरआमाकै काखमा खेलेर हुर्किएका छौँ । उहाँहरूले सुनाएका दिव्य वचनका कथाहरू र गाथाहरू अझै पनि हाम्रो कानमा गुन्जिरहेका हुन्छन् । यो प्रगाढ सम्बन्धलाई सुमधुर बनाएर लैजानु पर्छ । अभिव्यक्त गरिनु पर्छ ।
हजुरआमा हजुरबा सदैव पूजनीय हुनु हुन्छ । स्तुत्य हुनु हुन्छ । उहाँहरूको पनि सम्मान गर्ने एक दिवस मनाइनु पर्छ भन्दै सन
२०२२ को भानु जयन्तिका दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास क्यानडाले मङ्‌सिरको तेश्रो शनिनिवारलाई
हजुरबुबा हजुरआमा दिवस मनाउने घोषणा गर्यो । २०२२ र २०२३ मा क्यानडा अमेरिका अष्ट्रेलिया र नेपालका केही स्कुल र
परिवारहरूले भर्चुअल र प्रत्यक्ष रूपमा दिवस मनाए । २०२३ को हजुरबुबा हजुरआमा दिवसलाई अनेसास केन्द्रले समन्वय गरी
मनाइएको थियो । २०२४ मा सर्वज्ञ वाग्लेको नेतृत्वमा अनेसासको नयाँ नेतृत्व चयन भयो ।

क्यानडाबाट थालनी भएको यो कार्यलाई विश्वव्यापी गरिनु पर्छ भन्दै नयाँ कार्यसमितिले अनुमोदन गर्यो । अनेसासले केन्द्रले
तात्कालिन प्रधान मन्त्रीको अमेरिका भ्रमणको अवसरमा नेपाली राष्ट्रपोशाक दिवस र हजुरबा हजुरआमा दिवसको घोषणा गरी पाँउ भन्दै तात्कालिन प्रमंलाई ज्ञापन पत्र दियो । नेपाल भित्र लगाइने सबै पोशाकहरू जस्तो दौरासुरूवाल, कोट, टोपी ,घलेक , गाम्छा, धोती कुर्था ,बख्खु ,गुन्यू चोलो , पटुका, साडी ब्लाउज, हाकुपटासी ,पछ्यौरा आदि लगाउने र नेपाललाई विश्वभर नै पहिचान दिने दिवसका रूपमा मनाउने ग्यापन पत्रमा उल्लेख गरीएको छ । सोही ज्ञापन पत्रलाई अनेसासका पूर्व केन्द्रिय महासचिव सुरेन उप्रेती केन्द्रिय सदस्य तारा उप्रेती र नेपाला च्याप्टरका अध्यक्ष राजेन्द्र केसीले तात्कालिनमाननिय संस्कृति मन्त्री बद्रि पाण्डेलाई प्रदान गरे । संस्कृतिमन्त्रीबाट कार्यान्वयनका लागि मन्त्रालयका सचिवलाई तोकआदेश भएको थियो ।

नेपाल सरकारबाट नै यी दिवसहरूको घोषणा भएमा विश्वभर नै नेपाल र नेपालीहरूको पहिचान पुग्ने छ । र यो ऐतिहाँसिक कार्यले नेपाललाई विश्वभर चिनाउने छ । हजुरबा हजुरआमा दिवसले नातिनातिना र हजूरबाआमाको मधुर संबन्धलाई अझ मज्वूत बनाउने छ । सबै यूवायूवतिहरूलाई नेपाली संस्कृति र सभ्यताप्रति सचेत र नतमस्तक बनाउने छ । यो २०८२ साल मंसिर २० गते शनिवार अनेसास केन्द्रको आयोजनामा विश्वभर नै हजूरबाआमा दिवस जूममार्फत मनाइँदै छ । अनेसास केन्द्रको आयोजनामा जूम मार्फत र बिभिन्न देश र सहरहरूमा र घरघरमा हजुरबुबा हजुरआमालाई उपहार मिष्टान्न भोजन फलफूल दिने र दिनभरी उहाँहरूका कुरा सुन्ने मन्दिर र पर्यटकिय ठाउँहरू घु्म्ने कार्य गर्दै मनाइने छ । सन्सारभरका हजुरबा-आमालाई हार्दिक शुभकामना ।

हाम्रो जुम मिटिङ आइडी ९०६८७६३९२५
जुम पास कोड INLA2025
जुमलिंक फोटोमा पनि राखिएको छ ।

Advertisement Banner
Previous Post

कांग्रेसका महामन्त्री गगन थापाले सोमबारकेन्द्रीय समितिको बैठकपछि राखेको आफ्नो लिखित मत

Next Post

Death toll from floods and landslides in Indonesia rises to more than 600; 500 missing

Editorial Team

Editorial Team

Next Post
Death toll from floods and landslides in Indonesia rises to more than 600; 500 missing

Death toll from floods and landslides in Indonesia rises to more than 600; 500 missing

Recommended

MIT Morningside Academy for Design created as a new hub for cross-disciplinary education, research, and innovation

MIT Center for Real Estate launches the Asia Real Estate Initiative

5 years ago
Antibodies in breast milk help shape infants’ gut bacteria and immunity

Antibodies in breast milk help shape infants’ gut bacteria and immunity

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.