काठमाडौँ– बंगलादेशले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाएको छ । बंगलादेशको राजधानी ढाकामा तथा देशका अन्य भागहरूमा शनिवार मानिसहरूले १९५२ को भाषा आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नेहरूको सम्मानमा श्रद्धाञ्जली अर्पण गरेका हुन् । विशेष दिवसको लागि मध्यरात्रीको एक मिनेटपछि बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिन र प्रधानमन्त्री तारिक रहमानले ढाकाको केन्द्रिय शहीद मीनारमा माल्यार्पण गरेका थिए । यो शहीद मीनार एक पवित्र र प्रतिष्ठित स्मारक हो ।
स्थानीय तथा विदेशी व्यक्तित्वहरूले माल्यार्पण गरेपछि यो स्मारक सर्वसाधारणका लागि खुला गरियो । जीवनका सबै क्षेत्रका लाखौं मानिसहरू त्यहाँ पुगेर माल्यार्पण र फूलहरू चढाएर १९५२ मा तत्कालीन पूर्वी पाकिस्तानमा बंगालाई राज्य भाषा बनाउन जीवन बलिदान गर्नेहरूप्रति गहिरो सम्मान व्यक्त गरे । स्मृति कार्यक्रमको हिस्साको रूपमा, राजधानी मात्र होइन देशभरका बंगलादेशीहरूले पनि हजारौं स्मारकहरूमा फूलहरू चढाएका छन् । यो देश १९७१ मा स्वतन्त्र भएको हो ।
सन् १९९९ मा युनेस्कोले फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा घोषणा गरेको थियो । जसले भाषिक तथा सांस्कृतिक विविधता र बहुभाषिकतालाई प्रोत्साहन दिन्छ ।यो दिवस बंगलादेशमा शहीद दिवसको रूपमा पनि विशेष महत्व राख्छ । जसले १९५२ को भाषा आन्दोलनका शहीदहरूलाई सम्झन्छ। यस वर्ष पनि देशभर भावुक रूपमा मनाइएको छ । जसमा राष्ट्रपति र प्रधानमन्त्रीले नेतृत्व गरेका छन् ।








Discussion about this post