Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Gandaki Province

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

Editorial Team by Editorial Team
April 5, 2026
in Gandaki Province, Nepal, News
0
माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

मुस्ताङस्थित नेपाल-चीन सीमानाका कोरलाना नजिक लोमान्थाङ-२ छोसेरमा शुक्रबार राति परेको हिमपातपछि सेताम्मे क्षेत्र । तस्बिर ः सुन्दरकुमार थकाली÷रासस

0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङ- माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ। शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ। हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो। यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो। यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक हिमपात भएको बताइएको छ।
माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए। वारागुङ मुक्तिक्षेत्र-३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भइसकेका छन्। उनका अनुसार माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे।
स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौंपटक भारी हिमपात भएको हो। हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए। “शनिबार रातिदेखि परेको हिमपात अझै रोकिएको छैन, हिउँ पर्ने क्रम निरन्तर छ, अझै पनि हिउँ पर्ने क्रम साँझसम्म रहेमा दुई फिट बढी हिउँ जम्ने अवस्था छ”, उनले भने।
जारी यामको छैटौँपटकको हिमपातका कारण माथिल्लो मुस्ताङमा उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएर सेताम्मे बनेका छन्। हिमपातसँगै माथिल्लो मुस्ताङमा तापक्रम घट्दै गइरहेको छ। यसका कारण स्थानीय नागरिक तथा पशुपालन गर्ने किसानलाई हिउँले सास्ती पुर्‍याएको छ।
माथिल्लो मुस्ताङमा बर्सेनि एक बाली खेती हुन्छ। त्यहाँका नागरिक हिउँदयामको जाडो छलेर गाउँ फर्किएपछि बर्खेबाली लगाउने प्रचलन छ। बर्खेखेती सुरु हुने बेला हिमपात भएकाले किसानलाई फाइदा पुग्ने बताइएको छ।
त्यसैगरी, यहाँको वारागुङ मुक्तिनाथ क्षेत्रमा शनिबार राति हिमपात भएको छ। वारागुङ मुक्तिक्षेत्र-१ स्थित खिङ्गा, झारकोट, पुडाक, छेङ्गुर र मुक्तिनाथलगायत स्थानमा भारी हिमपात भएको मुक्तिनाथका स्थानीय कैसाङ ठोक्या ठकुरीले जानकारी दिए।
हिमपातका कारण मुक्तिनाथ दर्शनार्थीलाई आशिंक रूपमा केही अप्ठ्यारो भए पनि हिमपातको सौन्दर्यताले पर्यटकमा उत्साह थपिएको उनको भनाइ छ।
त्यसैगरी माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा भारी वर्षा भएको छ। घरपझोङका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार स्याउको फूल फुल्ने बेलामा भारी वर्षा भएकाले स्याउखेतीमा असर पुर्‍याएको बताए।
“स्याउ बोटमा फूल फुल्न थालिसकेको छ, स्याउका फूलमा परागसेचन हुने समय पनि हो, अधिकृत थकालीले भने, “यस्तो बेलामा हिमपात र वर्षा हुनु किसानका लागि राम्रो होइन।”
जलवायु परिवर्तनको असर हिमाली जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्न थालेको जानकारहरू बताउँछन्। यसअघि मुस्ताङमा लगातर तीन वर्ष हिउँ पर्न सकेको थिएन। यस सिजनमा छपटकसम्म हिउँ पर्नु जलवायुको असर भएको विश्लेषण गरिएको छ।
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुँदा कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात र कुनै वर्ष हिउँ नै नपर्नेजस्ता प्राकृतिक असर देखिन थालेका हुन्।

Advertisement Banner
Previous Post

‘संयोग चित्र–मुक्तक सङ्ग्रह’ लोकार्पण

Next Post

ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

Editorial Team

Editorial Team

Next Post
ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

ट्रम्पले दिएको ४८ घण्टे अल्टिमेटम इरानबाट अस्वीकार

Recommended

Chinese ambassador Chen Song calls on Agriculture Minister Dr Pariyar

Chinese ambassador Chen Song calls on Agriculture Minister Dr Pariyar

9 months ago
Jaipur Literature Festival 2022 Celebrates India’s 75th Year Of Independence

Jaipur Literature Festival 2022 Celebrates India’s 75th Year Of Independence

5 years ago

Don't Miss

NA session endorses special motion on Bhotekoshi disaster

NA session endorses special motion on Bhotekoshi disaster

September 1, 2026
Registrars and rectors appointed in six universities including Tribhuvan University

Registrars and rectors appointed in six universities including Tribhuvan University

September 1, 2026
China informs Nepal about closure of Zhangmu port for indefinite period

China informs Nepal about closure of Zhangmu port for indefinite period

September 1, 2026
South Korea to send 44-member disaster relief team to Nepal after floods

South Korea to send 44-member disaster relief team to Nepal after floods

September 1, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.