नेपालमा कुनै पनि बेला बंगलादेशको अवस्था आउनसक्छ, सजग रहनुहोस् : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
उहाँले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराउनु भयो । उहाँले दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देशबाहिर भाग्नुपरेकाबारे अवगत गराउनु भयो । उहाँले सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताउनु भयो । उहाँले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाइको सरकार थियो । त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनै पनि बेला केही हुनसक्छ, त्यतातिर पन सतर्क हुनुस् । किनभने सामाजिक सञ्जाल अहिले एकदम एग्रेसिप्ली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ ।’नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गर्नुभयो ।

Comments are closed.