Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

शुभबहादुर र तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

himalaya Diary News Service by himalaya Diary News Service
May 2, 2022
in Entertainment, Feature, Nepal
0
शुभबहादुर र तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ —संगीतकार शुभबहादुर सुनाम र गायिका तीर्थ कुमारीलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७८’ प्रदान गरिएको छ । भजन शिरोमणि भक्तराज आचार्यको नाममा सुरु गरिएको यो सम्मानसँगै उनी दुईलाई ५० हजार १ रुपैयाँ नगद उपहार प्रदान गरिएको हो । हरेक वर्ष आयोजना हुँदै आएको यो सम्मानसँगै यो वर्षदेखि नयाँ सम्मान पनि थपिएको छ ।

भक्तराज पत्निको नामबाट सुरु गरिएको ‘सुशीला आचार्य स्वास्थ्य कामना सम्मान’बाट वाद्यवादक रुपेश सिंहलाई नगद २५ हजार १ रुपैयाँ प्रदान गरियो । कला क्षेत्रमा उक्त वर्ष अस्वस्थ हुने कलाकारलाई सहयोग गर्ने उदेश्यले उक्त सम्मान सुरु गरिएको सत्यराज आचार्यले बताए ।

रुपेशलाई पछिल्लो समय लिभरको समस्याले आइसियुमै राख्नु परेको थियो । हामीले यो सम्मान त्यस्ता कलाकारका लागि सुरु गरेका हौं । कलाकारहरुले आर्थिक अभावले सहयोगका लागि याचना गर्नु नपरोस् भन्ने सोचेर हामीले आमाको नामबाट यो सुरु गर्‍यौं,’सत्यराजले भने ।

सम्मान थापेसँगै शुभबहादुरले कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’माथि सेक्सोफोन बजाएका थिए । भक्तराजकै गीतमाथि सेक्सोफोन बज्दा कार्यक्रममा उपस्थित अधिकांशको आँखा रसाएको थियो । त्यससँगै तीर्थकी छोरा गायक सुरज थापाले कार्यक्रममा गीतार बजाउँदै आमाको गीत ‘म त खाँदिन कुवाको पानी’माथि प्रस्तुति दिए । विपिन सागर घिमिरे भने भक्तराजकै ‘मुटु जलिरहेछ’बोलको गीत गाएका थिए । सम्मान कार्यक्रमलाई सिटी एक्सप्रेसले प्रायोजन गरेको थियो ।

Advertisement Banner
Previous Post

रेडक्यापले ल्याए ‘खत्रा’ र्‍याप

Next Post

केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक

केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक

Recommended

Over 700 climbers from 70 countries get nod to climb Nepal mountains

American Chamber of Commerce in Nepal  explores opportunities for US investment

4 months ago
Sri Lankan PM Harini Amarasuriya Calls for Stronger Trade, Investment and Tourism Ties with India

Sri Lankan PM Harini Amarasuriya Calls for Stronger Trade, Investment and Tourism Ties with India

1 month ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.