काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए ।कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो।अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।
मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।
Trending Now
- Japan to cut greenhouse gas emissions by 60 percent in 10 years:
- डब्लुएचओका प्रमुखसहितराष्ट्र संघीय कर्मचारीहरुको टोली इजरायली आक्रमणमा
- बुद्धकालीन शहरको संरचना भेटिएको दाबी
- Prime Minister Oli condoled the death of former Indian Prime Minister Singh
- शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन प्राधिकरणको अनुरोध
- कांग्रेसको सयदिने विशेष अभियानको समयावधि थप
- भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
- China will build the world’s largest dam in Tibet, producing 3 times more electricity than the Three Gorges
- सिंगापुरबाट भ्रष्टाचारको प्रमाण झिकाउन विशेष अदालतको आदेश
- आत्महत्या न्यूनिकरण अभियान अन्तर्गत तनाव व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम तथा नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न