काठमाडौं । नेकपा एमालेका ५९ जना नेता कार्यकर्ताले भीम रावलको मातृभूमी जागरण अभियानलाई समर्थन गर्दै पार्टी छाडेका छन्।
आज विज्ञप्ती जारी गरेर एमालेका विभिन्न विभाग र कमिटीमा रहेका ५९ जनाले एमाले परित्याग गरेको घोषणा गरेका हुन्।परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।
उनीहरूले भीम रावललाई पार्टीको संगठित सदस्यता खोस्नुलाई अध्यक्ष केपी शर्मा ओलीको स्वेच्दछाचारी र निरंकुश निर्णय भनेका छन्।भीम रावलको योगदानको अवमूल्यन गर्दै पार्टीको अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण र राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धीको पक्षमा तथा भ्रष्टाचारविरूद्ध आवाज उठाएकै कारण सदस्यता ओली समूहले खाएको उनीहरूको दाबी छ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.