Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Stories Nepali

मगर समुदायले काठमाडौंमा भूम्या मनायो

Editorial Team by Editorial Team
June 15, 2022
in Nepali, Uncategorized
0
मगर समुदायले काठमाडौंमा भूम्या मनायो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, असार १ गते । मगर समुदायको भूम्या (भूमे) पर्व बुधबारबाट सुरु भएको छ । भूमिको पूजा गरी मनाइने यो पर्व रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौंमा ३ गतेसम्म मनाइन्छ । नेपाल मगर संघले बुधबार काठमाडौंमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन सुरु गरिएको हो ।

मगर समुदायले प्राकृतिक प्रकोपहरु नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोबास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउछन् ।

स्थानीय मगर खाम/पाङ (भाषा) मा यस पर्वलाई नोगोबाङ्गे पनि भनिन्छ । राप्ती अञ्चलको रोल्पा, रुकुम, प्यूठान, सल्यान, दाङ र धौलागिरी अञ्चलको बाग्लुङ, म्याग्दी जिल्लाका मगर समुदायले भूमे पर्व विशेष महत्वका साथ मनाइन्छ । पछिल्लो समय बसाइसराईको क्रम बढेपछि दाङ, काठमाडौंलगायतका क्षेत्रमा पनि यो पर्व मनाउनेको सङ्ख्या बढ्दो क्रममा छ ।

जेठ मसान्तमा गाउँमा भूम्याको उद्घाटन भएपछि युवा र बुढापाकाहरु बाजा बजाउँदै उच्च पहाडमा बुकी फूल टिप्न जान्छन् । यसरी जाँदा एकै दिनमा पुग्न नसकिने भएकाले बीच बाटोमा बास बसेर भोलिपल्ट फूल लिएर फर्कने चलन छ । पहाडबाट ल्याएको फूल एक अर्कालाई लगाएर खुशियाली मनाइन्छ ।

भूमे पूजामा मार (भेंडा, बोका, कुखुरा, सुंगुर) लाई मन्साएर लखेटी गाउँ निकाला गर्ने चलन छ । जसलाई भूम्या निकाल्ने भनिन्छ । भूम्या निकाल्दा महिलाहरुले नाङ्लो (सुपो) मा ध्वाँसो, खरानी, दशैको बेला ढोकामा चढाएको टीका जमरा, गहुँ, जौ, कमै, धान, कोदो, तोरी, आदि राखेर घरबाहिर फाल्ने चलन छ। यसो गरेमा घरभित्रका पीर मर्का भूम्या पर्वसँगै हट्छ भन्ने मान्यता छ । भूम्या थानमा देवतालाई बली दिएर पूँजापाठ गरिसकेपछि लगातार पाँच दिनसम्म भूम्या नाच नाचिन्छ ।

Advertisement Banner
Previous Post

कुञ्ज थिएटर आरोहण गुरुकुलमा ‘सेमुना’ नाटक मञ्चन

Next Post

Bangladesh: Sixth population and housing census inaugurated by Prime Minister Sheikh Hasina

Editorial Team

Editorial Team

Next Post
Bangladesh: Sixth population and housing census inaugurated by Prime Minister Sheikh Hasina

Bangladesh: Sixth population and housing census inaugurated by Prime Minister Sheikh Hasina

Recommended

निर्वाचन आचारसंहिता, २०८२ लागू

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

2 months ago

निर्वाचन विशेष अनुगमन सम्पन्न

1 month ago

Don't Miss

Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
PM Karki thanks all concerned for a successful HoR election

PM Karki thanks all concerned for a successful HoR election

March 21, 2026
Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

March 21, 2026
Russian regions warn of potential drone attacks prompting southern airports to suspend flights

Nepal: Labor permits resume for seven Middle Eastern countries

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.