Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक

Editorial Team by Editorial Team
July 17, 2022
in Book Releases, Education
0
इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, रंगकर्मी एवम् पत्रकार इन्द्र चौधरीको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ पुस्तक सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा रहेका प्रचलित लोककथा र त्यसका मिथकलाई समेटिएको छ।
किताबमा रानाथारू समुदायमा प्रचलित ‘करमुओ और सपनो,’ ‘सदासुर्का और सदाबिर्छ,’ ‘सोरठ’ लगायत १२ कथा संग्रहित छन्। पुस्तकमा रानाथारू समुदायमा प्रचलित विभिन्न थर–उपथर, चालचलनबारे मिथक तथा किम्बदन्ती समावेश गरिएको छ।
‘लोकसमुदायद्वारा रचना गरिएका मौखिक र परम्परामा जीवित परम्परित कथाहरू नै लोककथा हुन्। यसमा लोकआस्था, लोकविश्वास, लोकसंस्कृति र सामाजिक प्रत्यक्ष प्रभाव रहेको हुन्छ,’ लेखक चौधरी भन्नुहुन्छ, ‘लोकसमुदायको मनोरञ्जन र शिक्षाको मूल माध्यम पनि लोककथा नै हो। एक पुस्ताको ज्ञान, अनुभव र कल्पना शक्तिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने काम पनि यसैमार्फत् हुने गर्छ। त्यसैले मानव सभ्यता वा लोकसमुदायको अस्तित्व जोगाउन लिपिबद्ध गरेर संरक्षण गर्नु आवश्यक छ।’
चौधरी डँगौरा थारू परिवारमा जन्मिए पनि उहाँको क्षेत्रमा रानाथारू बाहुल्य रहेको आफू त्यसकै प्रभावमा हुर्के बढेको बताउनुहुन्छ। ‘सानैदेखि रानाथारू समुदायको संस्कृति, परम्परा र रीतिरिवाज सूक्ष्म ढंगले बुझ्ने मौका पाएँ। आधुनिकताको प्रभावले ती लोकपरम्परा विस्तारै लोप हुँदै गएको देख्दा यसको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो। त्यही हुटहुटीलाई संगाल्दै जाँदा आज पुस्तकारको रूपमा आएको छ,’ उहाँले भन्नुभयो ।

 

Advertisement Banner
Previous Post

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

Next Post

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Recommended

Dhurandhar Creates the Most Fearless Action Blueprint in Indian Cinema

Dhurandhar Creates the Most Fearless Action Blueprint in Indian Cinema

4 months ago
Gagan Thapa Leads New Nepali Congress Central Committee

Gagan Thapa to draft NC manifesto for March 5 election

2 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.