Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक

Editorial Team by Editorial Team
July 17, 2022
in Book Releases, Education
0
इन्द्र चौधरीको लोककथा र मिथक समेटिएको पुस्तक सार्वजनिक
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, रंगकर्मी एवम् पत्रकार इन्द्र चौधरीको ‘रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक’ पुस्तक सार्वजनिक भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकमा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायमा रहेका प्रचलित लोककथा र त्यसका मिथकलाई समेटिएको छ।
किताबमा रानाथारू समुदायमा प्रचलित ‘करमुओ और सपनो,’ ‘सदासुर्का और सदाबिर्छ,’ ‘सोरठ’ लगायत १२ कथा संग्रहित छन्। पुस्तकमा रानाथारू समुदायमा प्रचलित विभिन्न थर–उपथर, चालचलनबारे मिथक तथा किम्बदन्ती समावेश गरिएको छ।
‘लोकसमुदायद्वारा रचना गरिएका मौखिक र परम्परामा जीवित परम्परित कथाहरू नै लोककथा हुन्। यसमा लोकआस्था, लोकविश्वास, लोकसंस्कृति र सामाजिक प्रत्यक्ष प्रभाव रहेको हुन्छ,’ लेखक चौधरी भन्नुहुन्छ, ‘लोकसमुदायको मनोरञ्जन र शिक्षाको मूल माध्यम पनि लोककथा नै हो। एक पुस्ताको ज्ञान, अनुभव र कल्पना शक्तिलाई अर्को पुस्तामा हस्तान्तरण गर्ने काम पनि यसैमार्फत् हुने गर्छ। त्यसैले मानव सभ्यता वा लोकसमुदायको अस्तित्व जोगाउन लिपिबद्ध गरेर संरक्षण गर्नु आवश्यक छ।’
चौधरी डँगौरा थारू परिवारमा जन्मिए पनि उहाँको क्षेत्रमा रानाथारू बाहुल्य रहेको आफू त्यसकै प्रभावमा हुर्के बढेको बताउनुहुन्छ। ‘सानैदेखि रानाथारू समुदायको संस्कृति, परम्परा र रीतिरिवाज सूक्ष्म ढंगले बुझ्ने मौका पाएँ। आधुनिकताको प्रभावले ती लोकपरम्परा विस्तारै लोप हुँदै गएको देख्दा यसको संरक्षण गर्नुपर्छ भन्ने लाग्यो। त्यही हुटहुटीलाई संगाल्दै जाँदा आज पुस्तकारको रूपमा आएको छ,’ उहाँले भन्नुभयो ।

 

Advertisement Banner
Previous Post

खाजा घरमा नाबालिकाहरुलाई वेश्यावृतीमा लगाउने महिला पक्राउ

Next Post

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Editorial Team

Editorial Team

Next Post
सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Recommended

ICC Men’s T20 World Cup Trophy is set to visit Nepal for the first time in its history

ICC Men’s T20 World Cup Trophy is set to visit Nepal for the first time in its history

4 years ago
BRICS countries vow to deepen financial cooperation, customs management

BRICS countries vow to deepen financial cooperation, customs management

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.